आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सौराहामा पर्यटकको चहलपहलमा वृद्धि, व्यवसायी उत्साहित


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २, २०७८
  • 572
    SHARES

२ कात्तिक, चितवन। नेपालको तेस्रो गन्तव्यको प्रमुख क्षेत्र चितवनमा पर्यटकहरुको चहलपहल वृद्धि हुँदै गएको छ । कोरोना भाइरसका कारण थलिएको पर्यटन व्यवसाय कोरोना संक्रमणदर घट्दै गएसँगै पर्यटकहरुको चहलपहल बढेको हो ।

कोरोना भाइरस घट्दै जानु र चाडवाडका कारण पनि चितवनको सौरहामा पर्यटकहरु वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।

नेपालीहरुको महान चाड बडादशैंका बेला सौरहाका ७० देखी ८० प्रतिशत होटलहरु भरिएको क्षेत्रिय होटल संघ सौरहाका अध्यक्ष दिपक भट्टराईले बताउनुभयो ।

लामो समयसम्म बन्द रहेका होटलहरु अहिले सबैजसो संचालनमा आएका छन् । सौरहामा पर्यटक वृद्धि भएपछि होटल रेष्टुरेण्टहरु चल्नुका साथै हात्ती सफारी जीप सफारी जाने पर्यटकहरुको पनि घुँईचो लाग्ने गरेको छ ।

सौरहामा हाल करीब २ सयको हाराहारीमा पर्यटकहरु हात्ती सफारीमा जाने गरेका छन् । चितवनमा हाल अमेरीका, ब्रिटेन, चीन, भारतलगायतका देशबाट समेत पर्यटकहरु आउन थालेको व्यवसायीहरुको भनाइ छ ।

कोरोना भाइरसले नराम्रोसँग थला परेको पर्यटन व्यवसायमा चितवनमा देखिएको पर्यटकको चहलपहलले केही आशा पलाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)