३ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
उपाध्यक्ष रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले आर्थिक सहयोग गर्नुपर्ने बताउनुभएको हो । उहाँले विदेशमा पर्यटन प्रवद्र्धन गर्न ठूलो रकम चाहिने तर त्यसका लागि पर्यटन बोर्डसँग पर्याप्त रकम नभएको र सरकारले अनुदान दिनुपर्ने बताउनुभयो । उहाँले पर्यटन बोर्डमा साना कामहरु गर्नका लागि भरपुर बजेट बजेट रहेको बताउँदै प्राकृतिक विपत्तिहरुको सामना गर्नु नपरे पर्यटन क्षेत्र चलायमान हुने बताउनुभयो । उपाध्यक्ष रिजालले पर्यटन बोर्डले बजेटमा आएको पैसा खर्च गर्न नसक्दा सरकारलाई अर्बौं कर तिरिरहेको बताउनुभयो ।
उपाध्यक्ष रिजालले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्नका लागि बजेट हामीसँग कम छ, किनभने विदेशमा हामीले पर्यटन प्रवद्र्धन गर्न अलि ठूलो रकम चाहिन्छ, त्यसमा राज्यले पनि सपोर्ट गर्नुपर्छ, राज्यले सपोर्ट नगर्दा नियमति चल्ने हाम्रो टूरिजम गतिविधि पर्यटन बोर्डको बजेट त्यही नियम कानूनअनुसार मिल्ने हो भने भरपूर पुग्छ, किनकी हामीले प्रत्येक वर्ष खर्च गर्न नसकेर रहेको छ।
यो संस्था राज्यलाई ट्याक्स तिर्ने संस्था नै होइन, यसले राज्यलाई अर्बौं ट्याक्स तिरिरहेको अवस्था छ, किनभने खर्च गर्न सकेको छैन, एउटा यसलाई हेर्ने दृष्टिकोण फरक भयो, यसको पैसा त डिपोजिट भइरहने र अर्को साल खर्च गर्नुपर्ने स्थिती बनाउनुपथ्र्यो राज्यले त्यो बनाएन, हामीले सही ढंगले सही नीति सही कुराहरु बुझ्ने भए आज मुलुक यो ठाउँमा पुग्ने थिएन, त्यसैले पर्यटन बोर्डमा अहिले तत्काल सानातिना कामहरुका लागि भरपुर बजेट छ, हामीले ९१ करोड ८० लाख बजेट यो वर्षलाई छुट्याएका छौँ, यदि कोभिड बढेन भने हामीलाई सहज ढंगले काम गर्न, पर्यटन बोर्डले यो भन्दा राम्रो ढंगले काम गर्न सक्छ, तर अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्नलाई छिटो गर्नुपर्यो भने हामीसँग बजेट छैन, त्यो राज्यले दिनैपर्छ, राज्यले हामीलाई अनुदानको रुपमा दिनुपर्छ भनेर अगाडि पनि भनेका छौँ, अन्तार्राष्ट्रिय क्षेत्रमा करोडौं, अर्बौंको रकम नभइ त्यहाँ लगानी गर्न सकिँदैन, प्रवद्र्धन गर्न सकिँदैन, त्यो गर्न राज्यले पैसा दिनैपर्छ, त्यो अहिलेको स्थितीमा पर्यटन बोर्डले गर्न सक्दैन, नत्र अहिले पर्यटन बोर्डले आफूले आफूलाई योग्यता, क्षमताले आफ्ना कर्मचारीको दक्षताले त्यो आधारमा काम गर्नका लागि भरिपूर्ण बजेट छ, प्राकृतिक विपद् कम भए पर्यटन क्षेत्रले गति लिने स्थिती छ ।
उपाध्यक्ष रिजालले नेपालमा अब कोरोना जस्ता प्राकृतिक विपत्ति कम भए पर्यटन क्षेत्रले गति लिने बताउँदै आन्तरिक कामहरु नियमित सञ्चालन गर्न पर्यटन बोर्डसँग पर्याप्त बजेट रहेको बताउनुभयो ।
