आइतवार, असार २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ४, २०७८
  • 478
    SHARES

४ कात्तिक, काठमाडौं

नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ ।

ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बिहीबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टीको यही मंसीर १० देखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशन चितवनमा गर्ने औपचारिक निर्णय गरेको हो । यस अघि विधान महाधिवेशनको समापनको क्रममा अध्यक्ष ओलीले पार्टीको १० औं महाधिवेशन वुटवलमा गर्ने घोषणा गर्नु भएको थियो । तर आजको बैठकले पार्टीको १० औं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनु भयो ।

बैठकले पार्टी स्थायी कमिटीका सदस्य रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन कमिटी समेत गठन गरेको छ ।

प्रवक्ता ज्ञवालीले महाधिवेशन मूल व्यवस्थापन कमिटीमा नेताहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १÷१ जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहनु हुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘आजको बैठकले पार्टीका १० औं राष्ट्रिय महाधिवेशन यही मंसीर १० देखि १२ गतेसम्म चितवनमा गर्ने निर्णय गरेको छ । महाधिवेशनको व्यवस्थापनका लागि पार्टीका स्थायी कमिटी सदस्य कमरेड रामबहादुर थापाको संयोजकत्वमा २१ सदस्यीय मूल व्यवस्थापन कमिटी गठन गरिएको छ । उक्त कमिटीमा कमरेडहरु योगेश भट्टराई, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, काशीनाथ अधिकारी, डा. राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सिता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावलसहित ७ वटै प्रदेशबाट वटै प्रदेशबाट १÷१ जना प्रतिनिधिहरु र सम्पर्क समन्वय कमिटीबाट समेत १ जना प्रतिनिधि रहनु हुनेछ । मूल व्यवस्थापन कमिटी २१ सदस्यीय हुनेछ ।’

बैठकले पार्टीको हालैसम्पन्न विधान महाधिवेशन भव्यताका साथ सम्पन्न भएको निष्कर्ष निकाल्दै सहयोग गर्नुहुने सबैप्रति धन्यवाद समेत दिएको छ । एमाले स्थायी समिति बैठकले पार्टीको विधान महाधिवेशनले पार्टीलाई भावनात्मक रुपमा एकतावद्ध बनाएको निष्कर्ष पनि निकालेको प्रवक्ता ज्ञवालीले बताउनु भयो । उहाँले भन्नु भयो, ‘पार्टीको हालै सम्पन्न विधान महाधिवेशनको समिक्षा गरेको छ । र बैठकले उक्त महाधिवेशन अत्यन्त भव्य, अत्यन्त ऐतिहासिक र सफल रहेको निष्कर्ष निकालेको छ । विचार र नीतिहरुमा सर्वसम्मति कायम भएको छ महाविधेशनबाट । यो महाधिवेशनले पार्टी पंक्तिमा भावनात्मक एकता र आत्मविश्वासको एउटा ठूलो सन्देश सम्प्रेषित गरेको छ । र पार्टीमा एउटा नयाँ ऊर्जा यसले प्रदान गरेको छ । बैठकले महाधिवेशनलाई सफल पार्न ज जसले सहयोग गर्नु भयो, उहाँहरु सबैलाई धन्यवाद ज्ञापन गर्ने काम गरेको छ ।’

एमालेले हालै आएको बाढी, पहिरो, हिमपात र डुवानलगायतका प्राकृतिक विपत्तिमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै त्यसप्रति गहिरो दुःख व्यक्त गरेको छ । त्यसैगरी प्राकृतिक विपत्तिपरी घाईते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै राहत र उद्धारको काममा उचित व्यवस्था मिलाउन सरकारसँग माग गरिएको प्रवक्ता ज्ञवालीले बताउनु भयो । बैठकले विपत्तिमा परेकाहरुलाई राहत र उद्धारको कार्यमा जुटन पार्टीका सिंगो पक्तिलाई आह्वान समेत गरेको छ । बैठक भोली शुक्रबार दिउँसो २ बजेपनि तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बोलाइएको एमालेले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }