शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मधेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख


  • माउन्टेन खबर
  • शनिबार, असार २, २०८१
  • 148
    SHARES

धनुषा — मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ कालागि कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ ।

मधेश प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले प्रदेशसभामा शनिबार प्रस्तुत गरेको बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार अर्थात् ३६.४५ प्रतिशत र पुँजीगत खर्च २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार (६३.५५ प्रतिशत)

पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार अर्थात् ६३.५५ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

सरकारले आन्तरिक राजस्वबाट ९ अर्ब ७ करोड, ३० लाख, वित्तीय हस्तान्तरण अनुदानतर्फ वितीय समानीकरण अनुदानबाट ७ अर्ब, ७९ करोड, ९२ लाख तथा सशर्त अनुदानबाट ३ अर्ब ५५ करोड ७८ लाख गरी जम्मा ११ अर्ब ३५ करोड ७० लाख र संघीय राजस्व बाँडफाँडबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड २१ लख ७० हजार अनुमान गरेको छ ।

मधेश प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष घोषणा गर्दै ‘घुमौं मधेश, बुझौं मधेश’ अभियान सञ्चालन गर्ने भएको छ । बजेट प्रस्तुत गर्दै अर्थमन्त्री साहले अभियान सञ्चालनको घोषणा गर्नुभयो । सरकारले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका लागि २ अर्ब ९८ करोड ५८ लाख २२ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)