मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश: कृषि, रोजगार र पर्यटन प्राथमिकतामा


  • माउन्टेन खबर
  • शनिबार, असार २, २०८१
  • 315
    SHARES

दाङ ।लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षको बजेट प्रदेश सभा बैठकमा प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले ३८ अर्ब ९७ करोड बढीको बजेट प्रस्तुत गर्नु भएको हो ।

आगामी आर्थिक २०८१÷०८२ को लागि ३८ अर्ब ९७ करोड रूपैयाँको बजेट ल्याएको छ । कृषि, रोजगार र पर्यटनलाई प्राथमिकता दिएर आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले कूल ३८ अर्ब ९७ करोड, ९५ लाख ३६ हजार रूपैयाँको बजेट शनिबार प्रदेशसभामा सार्वजनिक गर्नु भएको छ ।

विनियोजित बजेटमध्ये चालूतर्फ ११ अर्ब २५ करोड २७ लाख ८४ हजार अर्थात २८ प्रतिशत र पूँजीगतर्फ २४ अर्ब ५८ करोड, ५९ लाख रूपैयाँ अर्थात ६३ प्रतिशत रहेको छ । त्यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख अर्थात् ८ दशमलज ०६ प्रतिशत हुने अनुमान सरकारको छ ।

सरकारले आउँदो वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १ अर्ब ५१ करोड रूपैयाँले बजेटको आकार कम गरेको हो । चालू आर्थिक बर्षको लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

खर्चको स्रोत व्यर्होन प्रदेश सरकारले आन्तरिक स्रोतबाट ७ अर्ब ५१ करोड, संघीय सरकारको राजश्व बाँडफाडबाट प्राप्त हुने राजश्वबाट १२ अर्ब १ करोड, संघीय सरकारबाट प्राप्त हुने रोयल्टी ५० करोड, स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड प्राप्त हुने सरकारको अनुमान छ ।

त्यस्तैगरी वित्तीय सामान्यीकरण अनुदानबाट ८ अर्ब २८ करोड, सर्शत अनुदानबाट ४ अर्ब, समपुरक अनुदानबाट ७९ करोड, विशेष अनुदानबाट ७४ करोड, चालू आवको नगद मौजादबाट २ अर्ब रूपैयाँ परिचालन गरिने मन्त्री आचार्यले बताउनु भयो । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्षको तुलनामा आगामी बर्षको चालु खर्च दुई अर्ब २९ करोडले घटाएको छ भने पुँजीगत खर्च एक अर्ब ३२ करोडले बढाएको छ ।

एक निर्वाचन क्षेत्र एक थप बहुबर्षिय आयोजना

प्रदेशको समानुपातिक र सन्तुलित बिकासको लागी ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा कम्तीमा एक नयाँ थप बहुवर्षीय आयोजना सञ्‍चालनहुने गरी बजेट विनियोजन भएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत निर्माणाधीन प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको निर्माण कार्यलाई प्राथमिकताका साथ अघि बढाउन १ अर्व ८० करोड बजेट विनियोजन भएको छ ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको राप्ती नदी सभ्यतामा आधारित आधुनिक राजधानी शहरको विकासको लागि गरिने जग्गा एकीकरण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक रकम विनियोजन गरिएको छ ।

प्राधिकरणको पूर्वाधार विकास समितिबाट छनौट भएका प्रदेशभित्रका रणनीतिक आयोजनाहरुको विकास सम्बन्धी कार्यहरु गर्नको लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई पुँजीगत र चालु खर्चको लागि अनुदानका रुपमा १७ करोड विनियोजन गरिएको छ ।

प्रदेश सरकारको बजेटलाई यथार्थपरक बनाउदै बजेटरी अनुशासन कायम गर्न लुम्बिनी प्रादेशिक अस्पतालको पूर्वाधार विकास आयोजनामा १ अर्व ८० करोड विनियोजन गर्दा समेत चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको बजेट सिमा १ अर्व ५१ करोडले कम गरिएको छ ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा एम.आर.आइ. सेवा बिस्तारको लागि १५ करोड, राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा मातृ शिशु सेवा युनिट निर्माणको लागि आवश्यक बजेट बिनियोजन गरिएको छ ।

नवजात शिशुको रूग्णता र मृत्युदर घटाउन बर्दिया, कपिलबस्तु, प्यूठान, भीम, राप्ती प्रादेशिक र लुम्बिनी प्रादेशिक अस्पतालमा नवजात शिशु सघन उपचार इकाई(एन.आइ.सि.यु. र एस.एन.सि.यु.) को सुदृढीकरण गरिने भएको छ ।

मृगौला प्रत्यारोपण, मुटुको भल्भ र क्यान्सर रोगको उपचारमा सहुलियत कार्यक्रमलाई निरन्तरता दिनुका साथै विपन्न नागरिकलाई दम तथा ब्रोङ्काइटिसजन्य रोगको उपचार सहायतालाई निरन्तरता दिन ५ करोड ५० लाख विनियोजन गरिएको छ ।

प्रदेश भित्रका सबै जिल्लाहरुमा बाली एवम् बस्तु बिशेष सघन व्यवसायीक उत्पादन क्षेत्र विकास कार्यक्रमकालागी बाली र पशुपंक्षी तर्फ १० करोड ७२ लाख विनियोजन गरिएको छ ।

साना सिंचाइ आयोजना मार्फत थप २५० हेक्टर सिंचित क्षेत्र विस्तार गर्दै विभिन्‍न जिल्लामा निर्माण भएका सिंचाइ आयोजनाको कमाण्ड क्षेत्रमा थप एक हजार पाँच सय हेक्टरमा वाली सघनता वृद्धि गर्ने कार्यक्रम सञ्‍चालन गरिने भएको छ । यसका लागि ६ करोड १६ लाख विनियोजन भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)