बुधबार, जेष्ठ ९, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

इजरायली स्टार्टअप ‘एयर’ द्वारा कारका रुपमा प्रयोग हुने उड्ने सवारी सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ५, २०७८
  • 302
    SHARES

काठमाडौँ,५ कात्तिक

इजरायली स्टार्टअप कम्पनी एयरले मंगलबार आफ्नो पहिलो उड्ने कार सार्वजनिक गरेको छ।

यो उड्ने कार सञ्चालन गर्न सजिलो हुने, भर्चुअल अर्थात् तलबाट माथि वा माथिबाट तल उडान र अवतरण गर्न सक्ने ईभीटीओएल प्रविधियुक्त भएको कम्पनीको दावी छ।

यसले आगामी सन् २०२४ सम्ममा अमेरिकामा रहेका व्यक्तिहरुलाई नै बिक्री गर्ने लक्ष्य राखेको छ।

एयरले दुई वर्षदेखि अमेरिकाको संघीय उड्डयन प्राधिकरण एफएएसँग मिलेर काम गरिरहेको छ भने सन् २०२३ को अन्त्यसम्ममा एयर वन नामक उड्ने सवारीको सर्टिफिकेट पाइसक्ने अपेक्षा गरेको छ।

यो सवारी दुई सिटयुक्त र ९७० किलो वजनको हुने साथै यसले १७७ किमीसम्म उडान भर्न सक्ने कम्पनीका सीईओ रानी प्लउटले बताएको रोयटर्सले जनाएको छ।

एयरले गत वर्ष १ करोड डलरभन्दा कम सीड फन्डिङमार्फत् संकलन गरेको थियो र त्यसै रकमले हाल मानवरहित उड्ने कारको परीक्षण गरिरहेको छ।

कम्पनीले हाल यसको प्रोटोटाइप मोडल बनाएको र यसलाई उड्ने कारका रुपमा त्यही मूल्यमा सर्वसाधारणलाई बिक्री गर्ने लक्ष्य राखेको सीईओ प्लाउटले भनिन्।

उनले अन्य उड्ने कार र एयरमा भएको विशेष फरक भनेको यसलाई यूजरले ‘फ्लाइ बाइ इन्टेन्ट’ नामक सफ्टवयरका माध्यमबाट आफैं उडाउन सक्ने र यसका लागि पूर्ण रुपमा तालिमप्राप्त पाइलट नचाहिने बताइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }