आइतवार, असार २, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमसीसी पास हुन्छ : प्रधानमन्त्री


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ५, २०७८
  • 473
    SHARES

५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास हुने बताएका छन् ।

बेमौसमी वर्षाका कारण बाढी र पहिरोले पु¥याएको क्षति अवलोकन गर्न सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा एमसिसी अनुदानमा आधारित परियोजना भएको र नेपालको कानून मातहत हुने भएकाले कुनै संशय गर्नु नपर्ने बताए ।

‘एमसिसी पास हुन्छ । यसमा संशोधन गर्नुपर्ने कुरै केही छैन । एमसिसीको बारेमा झूठा प्रचार गरिएको छ,’ देउवाले भने, ‘विश्व बैंक र एसियाली विकास बैंकले दिने ऋण सहयोगमा नेपालको कानूनभन्दा अन्तर्राष्ट्रिय कानून लागू हुन्छ । एमसिसी त अनुदान हो । उनीहरुले नै यसमा नेपालकै कानून लागू हुने बताएका छन् ।’

अनुदानको कार्यक्रममा धेरै होहल्ला गरेकोमा देउवाको असन्तुष्टि थियो । ‘नेपालमा एउटा यस्तो तत्व छ जसले सित्तैमा दिन्छु भन्दा पनि चाहिँदैन भन्छ यार,’ देउवाले भने । देउवाले प्रदेशमा बाढीपहिरो र डुबान तथा नदी कटानको अवस्था गम्भीर देखिँदा आफू दुःखित भएको बताए ।

बाढी डुबान पहिराबाट सुदूरपश्चिमका अलावा देशका पूर्वी भेगका जनतासमेत पीडित बनेको उल्लेख गर्दै उनले भने, ‘बाढीपहिरोबाट पीडितलाई राहत प्याकेज उपलब्ध गराउन मन्त्रिपरिषद्ले निर्णय गरेको छ, काठमाडौँ पुगेपछि उपलब्ध गराइने राहतका बारेमा थप छलफल गरिने छ ।’
प्रधानमन्त्री देउवाले प्राकृति प्रकोपबाट प्रभावित जनताले भोगेको दुःख मनन् गरेर सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।अहिले पनि कोरोनाका जोखिम नहटिसकाले यो रोगको रोकथाममा सचेत हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘नेपालले कोरोनाविरुद्धको खोप लगाउने काममा पाएको सफलताप्रति विश्व स्वास्थ्य सङ्गठनले सरकारको प्रशंसा गरेको छ ।’ उनले जनतालाई कोरोनाविरुद्धको थप खोपको व्यवस्थापन भइरहेको पनि बताए ।

नेपाली कांग्रेसका पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवाले पार्टीको महाधिवेशनको विषयमा निर्वाचन समितिलाई जिम्मा दिइएको बताए । उनले भने, ‘निर्वाचन समितिले अधिवेशन हुन नसकेको जिल्लाको छिट्टै मिति तय गर्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }