सोमवार, बैशाख ३१, २०८१

विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक ५, २०७८
  • 304
    SHARES

५ कात्तिक, काठमाडौं । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मुलका युवा खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट सहिद स्मारक ए डिभिजन लिग फुटबल खेल्ने भएका छन ।

आज (शुक्रबार)च्यासल युथ क्लबले पत्रकार सम्मेलन गरेर इटालीमा व्यवसायिक खेल खेल्दै आएका युवा खेलाडी विकासले क्लबमा अनुबन्ध गरेको जानकारी गराएको हो । सम्झौता भएसँगै युवा स्ट्राइकर विकासले च्यासल क्लबको जसीमा ए डिभिजन लिग खेल्ने भएका हुन । विकासले च्यासलसँग एक वर्षको लागि सम्झौता गरेका हुन ।

नेपालको शीर्ष डिभिजनको लिग कात्तिक २९ गतेबाट आयोजना हुँदै छ । च्यासलले विदेशी खेलाडीको रुपमा विकासलाई अनुबन्ध गरेको हो । विकासले च्यासलबाट खेल्दा १० नम्बरको जर्सी लगाउने छन् । च्यासलमा अनुबन्ध भएका विकासले क्लबसँगको वातावरणले फुटबल खेल्न प्रेरित भएको बताए ।

१८ वर्षिय विकासले इटालीको यू–१६ राष्ट्रिय टिमबाट खेलिसकेका छन् । विकास इटालीको चर्चित क्लब एट्लान्टाको युथ टिमबाट खेल्दै आएका छन् । यस्तै विकासले भेनेजियाको युवा टोली तथा काटोलिका र मारिग्लयानेसको सिनियर टोलीबाट पनि खेलिसकेका छन । सन २००८ मा ६ वर्षको उमेरमा इटाली पुगेका विकास १३ वर्षपछि नेपाल लिग खेल्न नेपाल आएका हुन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }