सोमवार, बैशाख ३१, २०८१

टी-२० विश्वकप

नामिबिया पहिलो पटक सुपर-१२ मा


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक ६, २०७८
  • 287
    SHARES

काठमाडौं , ६ कात्तिक

नामिबिया पहिलो पटक टी–२० विश्वकप क्रिकेटको सुपर-१२ मा प्रवेश गरेको छ ।

यूएईमा शुक्रबार आयरल्याण्डलाई हराउँदै नामिबिया पहिलो पटक सुपर-१२ मा पुगेको हो ।

समूह चरणको आफ्नो अन्तिम खेलमा नामिबियाले ८ विकेटले विजयी बन्यो ।

१२६ रनको सामान्य लक्ष्य नामिबियाले ९ बल अगावै २ विकेट गुमाएर पुरा गर्‍यो । नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले ५३ रनको अविजित पारी खेले । आयरल्याण्डका कर्टिस कापरले दुई विकेट लिए ।

यस्तै, समूह चरणको अन्तिम खेलमा श्रीलंकाले नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको थियो । शारजाहमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले सबै विकेट गुमाएर ४४ रन मात्र बनाएको थियो ।

जवाफमा श्रीलंकाले ७७ बल बाँकी छँदै ७ ओभरमा निर्धारित लक्ष्य पूरा गरेको थियो ।

आजदेखि टी२० विश्वकपका मुख्य खेलहरु शुरु हुँदैछन् । पहिलो खेल अस्ट्रेलिया र दक्षिण अफ्रिका तथा दोस्रो खेल इङल्यान्ड र वेस्ट इन्डिजबीच हुनेछ ।

अब विश्वकपका खेलहरु दुई समूहमा विभाजन गरेर खेलाइने छ । पहिलो समूहमा इङल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, श्रीलंका र नामिबिया रहेका छन् भने दोस्रो समूहमा अफगानिस्तान, पाकिस्तान, भारत, न्यूजील्यान्ड, बंगलादेश र स्कटल्यान्ड रहेका छन् ।

यी खेलहरू दुबई, शारजाह, अबुधाबी र ओमानको मस्कटमा हुँदैछन् ।

समूह कसमूह ख
इङल्यान्डअफगानिस्तान
अस्ट्रेलियापाकिस्तान
दक्षिण अफ्रिकाभारत
वेस्ट इन्डिजन्यूजील्यान्ड
श्रीलंकाबंगलादेश
नामिबियास्कटल्यान्ड

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }