बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इङलिस प्रिमियर लिग

माउन्टको ह्याट्रिकमा चेल्सीको सानदार जित


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ७, २०७८
  • 562
    SHARES

काठमाडौं, ७ कात्तिक

इङलिस प्रिमियर लिग अन्तर्गत आज शनिबार भएको खेलमा चेल्सीले १० खेलाडीमा सीमित नर्बिच विरुद्ध ७ गोल गरेको छ ।

यस सिजन उत्कृष्ट फर्ममा रहेको चेल्सीले शुरु देखि नै नर्बिच विरुद्ध लगातार आक्रमण गरेको थियो । यस खेलमा चेल्सीका मेसन माउन्टले ह्याट्रिक पूरा गरेका थिए । उनले ८, ८५ र ९१ औं मिनेटमा गोल गरेका थिए ।

यस्तै १८औं मिनेटमा क्यालम हडसन ओडोई, ४२ औं मिनेटमा रिस जेम्स, ५७ औं मिनेटमा बेन चिल्वेल र ६२ औं मिनेटमा नर्बिचका म्याक्स आरोन्सले आत्मघाती गोल गरेका थिए ।

नर्बिचका बेन गिब्सनले दुई पहेंलो कार्ड पाएपछि मैदान छाड्नु परेको थियो ।

यो जितसँगै चेल्सीले शीर्ष स्थानलाई अझ मजबूत बनाएको छ । लिग टेबलमा चेल्सीले ९ खेलबाट २२ अंक जोडेर पहिलो स्थानमा रहेको छ भने एक खेल कम खेलेका दोस्रो स्थानको लिभरपुलको १८, तेस्रोको म्यान्चेस्टर सिटीको १७, चौथो स्थानमा रहेको ब्राइटनको १५ र पाँचौं स्थानको टोटेनह्यामको १५ अंक छ ।

क्रिस्टियानो रोनाल्डो सम्मिलित म्यान्चेस्टर युनाइटेड भने १४ अंक सहित छैटौं स्थानमा छ ।

नर्बिच भने यो हारसँगै लिगको पुछारमा पुगेको छ । नर्बिचले हालसम्म २ अंक मात्र जोड्न सकेको छ ।

आजै राति क्रिस्टल प्यालेस र न्यूक्यासल युनाइटेड, एभर्टन र वाटफोर्ड, लिड्स युनाइटेड र उल्भ्स, साउथह्याम्प्टन र बर्नली तथा ब्राइटन र म्यान्चेस्टर सिटीबीच खेल हुँदैछ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)