शुक्रबार, बैशाख २८, २०८१

‘वुमन्स पावर लिफ्टिङ’को उपाधि नेहालाई


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ७, २०७८
  • 305
    SHARES

७ कात्तिक, गोर्खा । गोर्खा क्लासिक नेपालले आयोजना गरेको ‘वुमन्स पावर लिफ्टिङ च्याम्पियनसिप–२०२१’ उपाधि नेहा बानुले जित्न सफल भएकी छन् ।

पोखरा रङ्गशालास्थित बहुउद्देसीय कभर्ड हलमा सम्पन्न प्रतियोगितामा नेहाले ६० केजी तौल समूहमा ‘स्क्वाड’ तर्फ १२८ केजी, ‘बेन्च प्रेस’मा ७० केजी र ‘डेडलिफ्ट’मा १४३ गरी कूल ३४१ केजी भार उठाएकी थिइन् ।

उनले उपाधिसँगै नगद रु ८० हजार र रु ५० हजार पर्ने आकर्षक वेल्ट पुरस्कार पाएकी छन् । नेहा ६० केजी तौल मूनीको समूहमासमेत प्रथम स्थान हासिल गर्न सफल भई रु २५ हजार पुरस्कार पाएकी थिइन् ।

यसैगरी प्रतियोगितामा ६० केजी मुनिको समूहमा पुनम तामाङ द्वितीय र ज्योति थापा तृतीय स्थान हासिल गर्न सफल भए ।

प्रतियोगिताअन्तर्गत नै भएको ६० केजीभन्दा माथिको समूहमा शर्मिला शाह प्रथम भइन् भने सीमा गुरूङ द्वितीय र कोमल थापाले तृतीय स्थान हासिल गरे ।

प्रतियोगितामा ६० केजीभन्दा माथिको र ६० केजीभन्दा तल दुवै विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।

विजयी खेलाडीलाई गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री राजीव गुरूङ, आयोजक संस्थाका अध्यक्ष राजकुमार गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }