शुक्रबार, बैशाख २८, २०८१

खेलको बेलामात्रै खेलाडीलाई राष्ट्रको गहना भन्ने परिपाटीको अन्त्य गरौँ : मन्त्री गहतराज


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ७, २०७८
  • 557
    SHARES

७ कात्तिक, काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरुको मनोबल बढाउन सरकारले ध्यान दिने बताउनुभएको छ ।

आईतबार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरुको विदाई गर्दै मन्त्री गहतराजले खेलाडीहरुको मनोबल बढाउन व्यवस्थापकीय कुराहरुमा मन्त्रालयले ध्यान दिने बताउनुभएको हो । उहाँले खेलाडीहरुको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताउनुभयो । मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरुलाई राष्ट्रका गहना भन्ने र अरु बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागि पर्ने बताउनुभयो । उहाँले नेपालीहरु कसैको कहिल्यै अधिनमा नबसेको र वीर गोर्खालीहरुको देश भएकोले खेलाडीहरुले त्यसलाई मनमा राखेर शक्ति र साहसका साथ खेल्न हौसला दिनुभयो ।

खेलकुद मन्त्री गहतराजले भन्नुभयो, ‘हामी नेपालीले विश्वमा सबैभन्दा स्वाभिमानका साथ प्रश्तुत हुनुपर्छ, आत्मविश्वासकासाथ प्रश्तुत हुनुपर्छ,किनभने हाम्रो इतिहास र विरासत त्यो छ, त्यो अनुसार हामी प्रश्तुत हुनुपर्छ। म सबै खेलाडी, कोचहरुलाई उच्च मनोबलकासाथ प्रश्तुत हुनुहोस्, उत्कृष्ट व्यवस्थापन गरेर खेलाडीहरुको मनोबल कसरी उठाउने भन्ने बारेमा मन्त्रालयले नयाँ तरिकाले नयाँ पनका साथ काम गर्छौं, खेलको बेलामात्रै राष्ट्रका गहना भन्ने खेल सकेपछि घर फर्काइदिने कसरी हामी अगाडि बढ्न सक्छौँ ।’

मन्त्री गहतराजले खेलाडीहरुले नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गर्नुभयो । उहाँले अबको ध्येय जित भएको बताउँदै आँट र साहसका साथ खेलेको देख्न र उपाधि नेपाल ल्याउने आशमा आफू र देश रहेको भन्दै जितको स्वागतका लागि मन्त्रालय तयार भएको बताउनुभयो । बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टीमका खेलाडीहरुलाई मन्त्री गहतराजले खादा र अविर लगाएर विदाइ गर्नुभएको हो । जिम्न्याष्टिक च्याम्पियनशीपमा सहभागी हुन १२ जना खेलाडीहरु सोमवार बंगलादेश प्रस्थान गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }