मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १ का सभामुखले बोलाए सर्वदलीय बैठक


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ७, २०७८
  • 650
    SHARES

७ कात्तिक, काठमाडौं । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

नेपाली कांग्रेस र नेकपा एमालेले आज बस्ने प्रदेशसभा बैठक स्थगित गर्न पत्र लेखेपछि सभामुख भण्डारीले सर्वदलीय बैठक बोलाउनुभएको हो ।

आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको छ । नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणलाई कारण देखाउँदै प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ भने एमालेले पनि पार्टीको पालिका अधिवेशनको तयारी र केन्द्रीय कमिटीको बैठकमा सहभागी हुनुपर्ने भन्दै बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित गर्न माग गरेको छ ।

यद्यपि नेपाली कांग्रेसले आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)