शनिबार, बैशाख २९, २०८१

आर्टिस्टिक जिम्न्याष्टिकमा सहभागी हुन १२ खेलाडी बंगलादेश जाँदै


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ७, २०७८
  • 414
    SHARES

७ कात्तिक, काठमाडौं । पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ ।

अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष÷महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिंकी झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धर रहेका छन् । जुनियर पुरुषमा रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङ छन् । प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान वज्राचार्य छन् । अफिसियलमा सुनिलमान सिं, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशिलप्रकाश प्रधान रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }