बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टी–ट्वान्टी विश्वकप

टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा श्रीलंका संग बंगलादेश पराजित


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक ७, २०७८
  • 695
    SHARES

काठमाडौं ,७ कात्तिक

श्रीलंकाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत सुपर १२ को खेलमा बंगलादेशलाई पराजित गरेको छ ।

दुबईको सारजाहमा आइतबार भएको खेलमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हराएको हो ।

बंगलादेशले दिएको १ सय ७२ रनको लक्ष्य श्रीलंकाले १८ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

श्रीलंकाको जितमा चारिथ असलन्काले अविजित रहदै ८० रनको अर्धशतकीय पारी खेले ।

यस्तै भानुका राजपाक्षेले ५२ रनको अर्धशतकीय इनिङ्सको साथ दिँदा पाथुम निशन्काले २४ रन जोडे ।

बंगलादेशका नासुम अहमेद र शकिब अल हसनले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो ।

बंगलादेशका मोहमद नाइमले ६२ रनको अर्धशतकीय इनिङ्स खेले भने मुस्फिकर रहिमले अविजित रहदै ५२ रन जोडे ।

श्रीलंकाका चामिका करुनारत्ने, बेनुरा फर्नान्डो र लाहिरु कुमाराले १/१ विकेट लिए ।

जितसँगै समूह १ को श्रीलंकाले २ अंक जोड्न सफल भएको छ । श्रीलंका समूहको दोस्रो स्थानमा रहेको छ भने बंगलादेश पाँचौं स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)