बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टी-ट्‍वान्टी विश्वकप

स्कटल्यान्डमाथि अफगानिस्तानको सानदार जित


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ९, २०७८
  • 258
    SHARES

काठमाडौं,९ कात्तिक

आईसीसी टी-२० विश्वकपमा आफगानिस्तानले स्कटल्यान्डविरुद्ध सानदार जित निकालेको छ। यूएईको शारजाह रंगशालामा सोमबार राति सम्पन्न खेलमा अफगानिस्तानले स्कटल्यान्डमाथि १३० रनको जित निकालेको हो।

प्लेयर अफ दि म्याचसमेत रहेका अफगानिस्तानका मुजिव उर रहमानले चार ओभर बलिङ गर्दै पाँच विकेट गिराएपछि स्कटल्यान्ड सस्तैमा समेटिएको थियो। खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले पुरा ओभर खेल्दै चार विकेट गुमाएर १९० रन बनायो।

१९१ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा १० ओभर दुई बलमै ६० रन बनाएर स्कटल्यान्ड अलआउट भयो। यससँगै अफगानिस्तानले विश्वकपको सुपर १२ मा सानदार सुरुआत गरेको हो।

अफगानिस्तानका लागि नजिबुल्लाह जर्दनले ५९ रन बनाए भने रहमानुल्लाह जुर्बजले ४६ रन बनाए। त्यस्तै, ओपनर द्वय हर्जतुल्लाह जजाईले ४४ र मोहम्मद शाहजादले २२ रन बनाए।

त्यस दौरान स्कटल्यान्डका साफ्यान शारिफले दुई विकेट लिए भने जोश ड्याबी र क्रिग ग्रिव्सले समान १,१ विकेट लिए।

जवाफी ब्याटिङमा स्कटल्यान्डका पाँच खेलाडी शुन्य रनमै आउट भए भने तीन खेलाडीले जोर अंकमा रन बनाउनै सकेनन्। जोर्ज मुन्सेले सबैभन्दा धेरै २५ रन बनाए।

अफगानिस्तानका मुजिब उर रहमानले ५ विकेट गिराउनुका साथै राशिद खानले चार विकेट लिए भने नविन उल हकले पनि एक विकेट गिराए। यो जितसँगै समूह २ मा अफगानिस्तानले २ अंक जोडेको छ। समूह २ मा समान २ अंक जोडेको पाकिस्तान दोस्रो स्थानमा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)