बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टी२० विश्वकप क्रिकेट

पाकिस्तानद्वारा न्यूजील्यान्ड पाँच विकेटले पराजित


  • एजेन्सी
  • बुधबार, कार्तिक १०, २०७८
  • 638
    SHARES

काठमाडौं, १० कात्तिक

विश्वकप टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार शारजहामा भएको खेलमा पाकिस्तानले निकै सशक्त मानिएको न्यूजील्यान्डलाई पाँच विकेटले पराजित गरेको छ ।
न्यूजील्यान्डले ८ विकेट गुमाएर प्रस्तुत गरेको १३५ रनको लक्ष्य पाकिस्तानले आठ बल बाँकी छँदै १८.४ ओभरमा पूरा गरेको थियो ।

टस जितेर पहिले क्षेत्र रक्षण रोजेको पाकिस्तानले निकै कसिलो बलिङ गर्दै न्यूजील्यान्डलाई १३४ रनमा रोकेको थियो । न्यूजील्यान्डका लागि ड्यारिल मिचेलले २७, केन विलियम्सनले २५, डेभोन कोन्भोएले २७ रन बनाएका थिए । अन्य खेलाडीले खासै योगदान गर्न सकेका थिएनन् ।

पाकिस्तानका लागि शाहिन अफ्रिदी, इमाद वासिम र मोहम्मद हाफिजले एक एक विकेट लिएका थिए भने हरिस रौफले ४ खेलाडीलाई आउट गरेका थिए ।

एक सय ३५ रनको मध्यम स्कोर पछ्याएको पाकिस्तानले निकै उतारचढावबीच खेल जितेको थियो । पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान मोहम्मद रिजवानले ३३, कप्तान बाबर आजमले ९, फाखर जमानले ११, मोहम्मद हाफिजले ११, इमाद वासिमले ११ रन बनाएका थिए ।

तर सोएब मलिक र आसिफ अलिबीचको साझेदारीले खेल पाकिस्तानको पक्षमा गएको थियो । मलिकले एक छक्का र २ चौका मद्दतले २६ रन बनाएका थिए भने आसिफले ३ छक्का र १ चौका मद्दतले अविजित २७ रन बनाएका थिए ।

न्यूजील्यान्डका लागि इस सोढीले २ तथा मिचेल सान्टनर, टिम साउदी, ट्रेन्ट बाउल्टले एकएक विकेट लिएका थिए ।

 

यो जितसँगै पाकिस्तानले महत्वपूर्ण २ अंक हासिल गर्दै दुई खेलबाट ४ अंक बनाएको छ । पाकिस्तान समूहको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)