बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रशिक्षक अल्मुताइरी थप तीन वर्ष नेपालमै रहने


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १०, २०७८
  • 443
    SHARES

काठमाडौं ,१० कात्तिक

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्ष नेपालमै रहन सहमत भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि प्रशिक्षक अल्मुताइरीले ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,’कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु र सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद र मलाई नेपाल फर्काउनको लागि सबै कुरा गरेकोमा धन्यवाद ।’

उनले अगाडी लेखेका छन्, ‘नयाँ मिसनमा सफलताको कामना गर्दछु । हामी हाम्रो लक्ष्य र आगामी २ वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौं , मेरो वाचा नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समय मात्र दिनुहोला । तपाईंले देखाउनुभएको माया अरू कुराहरू भन्दा धेरै महत्त्वपूर्ण छ त्यसैले मलाई सधैं तपाईंको हृदयमा रहन दिनुहोस् ।’

 

Dear Nepali Fans
AFTER meetings with Karma Tsering Sherpa and QFA officials I decide to sign new contract with All Nepal Football Association for 3 years to continue my job in Nepal and thanks to Qatar Football Association for supporting and did everything to let me back to Nepal .
I wish all the best in the new mission .. we will publish our TARGETS and PLANS for the next 2 years soon , my promise to you is the future of Nepali football will be better but give us time only .
THE LOVE YOU SHOW IT TO ME MORE IMPORTANT THAN ANY THING ELSE SO LET ME STAY IN YOUR HEARTS ALWAYS 🙏
NOT only me need supporting and love of Nepali Fans also the players need it SO support us , believe in us , love us .
thank you everyone ❤🙏
ONE FAMILY .. JAY NEPAL 🇳🇵

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)