बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलकुद परिषदको र मन्त्रालयको गरिमा बढाउने योजनामा साथ दिन मन्त्रीको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १०, २०७८
  • 212
    SHARES

१० कात्तिक, काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले राष्ट्रिय खेलकुद परिषदको र मन्त्रालयको गरिमा बढाउने योजनाका साथ पदवहाली भएको भन्दै साथ दिन कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आज आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा युवा तथा खेलकुद मन्त्री गहतराजले आफु मन्त्रालयको गरिमा बढाउन योजना सहिज पदमा बहाली भएको भन्दै कर्मचारीलाई सहयोग गर्न आग्रह गरेका हुन ।

युवा तथा खेलकुद मन्त्रालय सम्हालेसँगै स्वत राष्ट्रिय खेलकुद परिषदको अध्यक्ष पदेन रहने व्यवस्था रहेको छ । खेल क्षेत्रबाट नेपाललाई विश्वमा चिनाउन र खेल पूर्वाधार निर्माण गरेर देशलाई समृद्ध तर्फ अगाडि बढाउने योजना आफुसँग भएको बताएका हुन ।

कार्यक्रममा राखेप कर्मचारी संघका अध्यक्ष रञ्जन थापा, खेलकुद परिषदका कर्मचारी लगाएतले मन्त्रीलाई स्वगत गरेका हुन् । स्वागत कार्यत्रममा कर्मचारी संघका अध्यक्ष रञ्जन थापाले राम्रो र सुविधा युक्त खेलाडीका लागि प्रशिक्षण स्थल नभएको भन्दै मन्त्रीको कार्यकालमा काम अघि बढ्ने अपेक्षा राखेका छन् । साथै कर्मचारीको सेवा सुविधामा विभिन्न सदस्य सचिव नियुक्त भए पनि सम्बोधन नभएको भन्दै सम्बोधन गरिदिन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)