बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भेट्रान फुटबल


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ११, २०७८
  • 331
    SHARES

काठमाडौं,११ कात्तिक

झापा भेट्रान फुटबल क्लब र एफई खुमलटार भेट्रान्स क्लब राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेसँग समूह चरणका खेल सकिएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएका खेलमा झापाले काभे्र भेट्रान फुटबल क्लबलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गर्दा अर्को खेलमा खुमलटाले र साइनिङ सन फुटबल एकेडेमीलाई पनि समान ३–० गोल अन्तरले नै पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।नकआउट चरणमा स्थान पुग्ने क्रममा झापाका विमल गुरुङ, अनुक कुमार खड्गी तथा रमेश गुरुङले समान एक एक गोल गरे । अनकु कुमारले ८ औं मिनेटमा गोल गर्दै झापालाई सुरुआती अग्रता दिलाएका थिए । एक तर्फी जस्तो देखिएको खेलको ३७औं मिनेटमा रमेशले गोल गर्दा झापाले अग्रता २–० मा पु¥याएको थियो । त्यसपछि दोस्रो हाफ तिर लम्किएको खेलमा झापाले तेस्रो गोल गर्न सफल भयो । बिमलले गोल गर्दै झापालाई ३–० को जित निश्चित गरेका थिए । लगातार जित निकाल्दै झापा नकआउटमा प्रवेश गरेको हो । पराजित काभ्रे भेट्रान फुटबल क्लबको अघिल्लो चरणको यात्रा कठिन बनेको छ ।

आजै सम्पन्न खेलमा खुमलटारको जितमा जुमानु राई, नरेन्द्र लामा र भगवान थापाले एक एक गोल गरे । यस जितसँगै समूह डी को खुमलटारले २ खेलमा ६ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै खुमलटार नकआउट चरणमा पुगेको हो । यस अघि भएको पहिलो खेलमा खुमलटारले ललितपुर वार्ड नम्बर १४ लाई हराएको थियो । यस्तै भेट्रान फुटबल अन्तर्गत दिनको तेस्रो खेलमा बुटवल भेट्रान फुटबल क्लब र चितवन भेट्रान फुटबल क्लबले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडे । यस्तै दिनको चौथो खेलमा पोखरा भेट्रानले झम्सीखेल युथ क्लबलाई ५–० ले पराजित गर्दै अघिल्लो चरणमा स्थान बनाएसँगै जारी प्रतियोगितामा समूह चरणका खेल समाप्त भएका छन् ।

प्रतियोगितामा भोलीदेखी नकआउट चरणका खेल हुनेछन् । सात समूहका शीर्ष ७ र एक टोलीले नकआउट चरणमा स्थान बनाएका छन् । फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा २१ टिमले प्रतिस्पर्धा गरेका थिए ।

१६ गते सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउने पाउने न् । त्यस्तै विधागत रुपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)