बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एएफसी यू–२३ एसियन कप छनोट फुटबल

नेपाल लगातार दोस्रो खेलमा पराजित भएसँगै छनोटको समूह चरणबाटै बाहिरियो

नेपाल ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १२, २०७८
  • 280
    SHARES

काठमाडौं , १२ कात्तिक

ताजिकिस्तानमा भइरहेको एएफसी यू–२३ एसियन कप छनोट फुटबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बिहीबार राति भएको खेलमा नेपाल आयोजक ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भयो ।

यसअघि पहिलो खेलमा नेपाल इरानसँग ४–० गोल अन्तरले पराजित भएको थियो । नेपालले दुई खेलमै १० गोलको भारी बोकेको छ । नेपालले छनोटको अन्तिम खेलमा आइतबार लेबनानसँग खेल्नेछ । यो खेलमा भने नेपालले गोल गर्ने अपेक्षा गरिएको छ ।

नेपाल लगातार दोस्रो खेलमा पराजित भएसँगै छनोटको समूह चरणबाटै बाहिरिएको छ ।

यस्तो रह्यो नेपाल–ताजिकिस्तान बीचको खेल–
–नेपालले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ३ गोल खायो ।
–ताजिकिस्तानलाई जित दिलाउन शेर्भोनी माबत्शोएभ, शारफजोन सोलेहोभ, रुस्तम सोइरोभ, मुहम्मादली अजिजबोएभ, भादत हानोनोभ र इमोमाली अखामादखोनले १–१ गोल गरे ।
–२४ औं मिनेटमा शेर्भोनीले गोल गरे ।
–३३ औं मिनेटमा सोलेहोभले गोल गरे ।
–४१ औं मिनेटमा रुस्तमले गोल गरे ।
–६३ औं मिनेटमा अजिजबोएभले गोल गरे ।
–६८ औं मिनेटमा हानोनोभले पेनाल्टीमा गोल गरे ।
–७२ औं मिनेटमा अखामादखोनले गोल गरे ।

अंक तालिका
समूह बी को खेलमा ताजिकिस्तान २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)