बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आर्मी र खुमलटार सेमिफाइनलमा


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १२, २०७८
  • 612
    SHARES

काठमाडौं ,१२ कात्तिक

राजधानीमा जारी भेट्रान फुटबल प्रतियोगितामा खुमल्टार भेट्रान फुटबल क्लब र विभागको त्रिभुवन आर्मी भेट्रान फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको खेलमा विभागको टोली त्रिभुवन आर्मी भेट्रान क्लबले भनीमण्डल भेट्रान क्लब तथा खुमल्टार भेट्रान फुटबल क्लबलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

आर्मीले भनीमण्डललाई ३–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउँदा दिनको दोस्रो खेलमा खुमलटारले फ्रेन्ड्स क्लबलाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् । खुमलटारले फ्रेन्ड्सलाई पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो ।

खुमलटारको जितमा रितेश खड्काले दुई गोल गर्दा भगवान थापा, निमा लामा र टासी छिरिङले एक÷एक गोल गरे । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको पाँचौं मिनेटमा रितेशले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा भगवानले गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाएका थिए । निमाले ५५ औं मिनेटमा, ५७ औं मिनेटमा टासीले तथा ६० औं मिनेटमा रितेशले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ५–० को जित निश्चित गराएका थिए ।

भेट्रान फुटबल अन्तर्गत आजै सम्पन्न अर्को खेलमा आर्मीलाई अन्तिम चारमा स्थान दिलाउने क्रममा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी महतोले एक÷एक गोल गरे । आर्मीले छैटौं मिनेटमा राजु तामाङको गोलबाट अग्रता निकाल्दा विकर्णले ३६औं तथा हरी महतोले ४९औं मिनेटमा गोल गरेका थिए ।

यस्तै क्वार्टरफाइनल अन्तर्गत दिनको तेस्रो खेलमा चितवन भेट्रान्सलाई ४–० गोल अन्तरले पराजित गर्दै झापा अन्तिम चारमा पुग्यो । झापाको जितमा नरेन्द्र मणी लिम्बुले दुई गोल गरे । यस्तै अंकुर कुमार खड्की र रमेश गुरुङले एक÷एक गोल गरे । चौथो क्वाटर फाइनल खेलमा एसएनकेसीले पोखरा ११ भेट्रान टोलीलाई ४–१ ले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान बनाये । एसएनकेसी उत्कृष्ट उपविजेता टोली बन्दै क्वाटर फाइनलमा स्थान बनाएको थियो ।

यस सँगै प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । आइतबार हुने पहिलो सोमिफाइनल खेल आर्मी र झापा तथा दोस्रो सेमिफाइनल खेल खुमलटार र एसएनकेसीबीच हुनेछ ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगितामा आइतबार सेमिफाइनलका खेल हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)