बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वकप टि–२० क्रिकेट प्रतियोगितामा पाकिस्तानको लगातार तेस्रो जित


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १३, २०७८
  • 680
    SHARES

काठमाडौं ,१३ कात्तिक

विश्वकप टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार राति भएको खेलमा पाकिस्तान विजयी भएको छ । उसले आफ्नो प्रतिद्वन्द्वी अफगानिस्थानलाई ५ विकेटले पराजित गरेको हो ।

यो सँगै उसले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । सुरुमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो । जसमा लागि कप्तान नाबी र गुलबन्दिनले समान ३५–३५ रनको योगदान दिएका थिए ।

उता पाकिस्तानका लागि भने इमाद वासिमले २ तथा सहिन अफ्रिदी, हरिस राफु, हसन अली र सदब खानले १–१ विकेट लिएका थिए । १ सय ४८ रनको सामान्य लक्ष्य पाएको पाकिस्तानले १९ औं ओभरमा लक्ष्य भेटाएको थियो ।

यसअघि आइतबारको खेलमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकाल्दै चर्चा बटुलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)