आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चन्द्रागिरि हिल्सका महाप्रबन्धकलाई ‘वर्ल्ड बुक अफ रेकर्डस्’ सम्मान


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक १४, २०७८
  • 758
    SHARES

काठमाडौँ , १४ कात्तिक

काठमाडौँ उपत्यकाको एक पर्यटकीय गन्तव्यका रुपमा स्थापित चन्द्रागिरि केवलकारको सञ्चालक संस्था चन्द्रागिरि हिल्स लिमिटेडलाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कम्पनीका महाप्रबन्धक अभिषेकबिक्रम शाहलाई आज  आयोजित एक कार्यक्रममा उक्त सम्मान प्रदान गर्नुभएको हो ।

बेलायतस्थित ‘वल्र्ड् बुक अफ रेकर्डस्’द्वारा पर्यटन तथा सेवाक्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानका लागि सो सम्मान गरिएको हो । व्यावसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यअनुरुप शाहलाई सो सम्मान प्रदान गरिएको वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टरले जनाएको छ ।

नेपालको पर्यटन क्षेत्रमा देखिनेगरी योगदान गरेकाले चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक शाहलाई सम्मान गरिएको नेपाल च्याप्टरका प्रमुख सागर कटुवालले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाको पर्यटन क्षेत्रको विकास र विस्तारमा चन्द्रागिरि केवलकारले महत्वपूर्ण योगदान गरेको छ ।

चन्द्रागिरिको टाकुरामा रहेको भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिसोर्टलगायतका पूर्वाधार निर्माणसँगै सो कम्पनीले एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)