शुक्रबार, बैशाख २१, २०८१

राजीनामा दिदै प्रदेश १ का मुख्यमन्त्री आचार्य


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १५, २०७८
  • 272
    SHARES

विराटनगर,१५ कात्तिक

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

आजको प्रदेश सभा बैठकमा उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेको बताइएको छ ।

उनी गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत लिन ४७ जनाको मत आवश्यक पर्छ पर्छ । तर सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् भने प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।

कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय आइतबार नै गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }