बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राजीनामा दिदै प्रदेश १ का मुख्यमन्त्री आचार्य


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १५, २०७८
  • 351
    SHARES

विराटनगर,१५ कात्तिक

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने भएका छन् ।

आजको प्रदेश सभा बैठकमा उनको विश्वासको मतको प्रस्तावमा मतदान गर्ने कार्यतालिका थियो । तर बहुमत नपुग्ने भएपछि उनले त्यस अगाडि नै राजीनामा दिन लागेको बताइएको छ ।

उनी गत भदौ १० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत लिन ४७ जनाको मत आवश्यक पर्छ पर्छ । तर सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् भने प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।

कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने निर्णय आइतबार नै गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)