सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालका ४ प्रशिक्षक एएफसी ‘ए’ कोचिङ लाइसेन्स प्राप्त गर्न सफल


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक १५, २०७८
  • 531
    SHARES

काठमाडौं , १५ कात्तिक

नेपालका ४ प्रशिक्षक एएफसी ‘ए’ कोचिङ लाइसेन्स प्राप्त गर्न सफल भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एसियाली फुटबल महासंघ (एएफसी) को मातहतमा रहेर आयोजना गरेको एएफसी ए लाइसेन्स प्रशिक्षक कोर्षमा ४ प्रशिक्षक उत्तीर्ण भएका हुन् ।

उत्तिर्ण हुने प्रशिक्षकहरुमा विष्णु गुरुङ, बालगोपाल साहुखल, राकेश श्रेष्ठ र मनिष तिम्सिना रहेका छन् ।

लकडाउन अघि नोभेम्बर २०२० मा भएको कोर्षमा २२ जनाले सहभागिता जनाएका थिए । योसँगै नेपालमा ‘ए’ लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकको संख्या ३९ पुगेको छ ।

प्रशिक्षक गुरुङ हाल संकटा क्लबको मुख्य प्रशिक्षकमा कार्यरत छन् भने साहुखलले ए डिभिजनमा च्यासलको प्रशिक्षण सम्हाल्नेछन् ।

यस्तै श्रेष्ठले नेपाल महिला यू(१६ टोलीको जिम्मेवारी सम्हालिसकेका छन् भने तिम्सिना भारतीय क्लब गोकुलम केरालामा गोलरक्षक प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }