बिहिबार, बैशाख २०, २०८१

यी हुन् प्रदेश १बाट शपथ लिने पाँच मन्त्री


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १६, २०७८
  • 207
    SHARES

१६ कात्तिक, काठमाडौं । प्रदेश १मा मन्त्री बन्ने ५ जनाको नाम फाइनल भएको छ। मंगलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको राजेन्द्र राईले ५ मन्त्रीको नाम फाइनल गर्नुभएको हो। सोमबार प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

गठबन्धन दलबीच भएको सहमति अनुसार जनता समाजवादी पार्टीका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । यस्तै, नेपाली काँग्रेसका प्रमुख सचेतक केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय र उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारीसहितको मन्त्रालय दिने भएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले आर्थिक मामिला मन्त्रालय र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाङ्फेले सामाजिक विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने टुङ्गो लागेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }