बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काभ्रेको तेमाल माविलाई खेलकुद सामाग्री सहयोग


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १६, २०७८
  • 313
    SHARES

काभ्रे १६ कात्तिक । काभ्रेपलाञ्चोकको तेमाल माध्यामिक विद्यालयलाई खेलकुद सामाग्री सहयोग गरिएको छ ।

नेपाली काँग्रेस तेमाल गाउँपालिका–४ का वडा सभापति एवम् तेमाल माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतपुर लामाले सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच खेलकुद सामाग्री सहयोग गर्नुभएको हो ।

उहाँले सो विद्यालयलाई दुई थान भलिबल, दुई थान क्यारेमवोर्ड, दुई थान टेबल टेनिस, चार थान ब्याडमिन्टनलगायतका सामाग्री सहयोग गर्नुभएको थियो । सहयोग कार्यक्रममा बोल्दै लामाले तेमाल माविको शैक्षिक क्षेत्रको विकासका लागि आफूले सहयोग गरेको बताउनुभयो ।

“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल भन्ने मूल नारालाई सहयोग पु¥याउनका लागि खेलकुद सामाग्री सहयोग गरेको हुँ,”– अध्यक्ष लामाले भन्नुभयो । सो विद्यालयमा हाल १८० विद्यार्थी अध्यनरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)