बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १का मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १६, २०७८
  • 369
    SHARES

१६ कात्तिक, काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आजै मुख्यमन्त्रीमा नियुक्त भएका उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले शपथ गराएका हुन् । मंगलबार नै ४ मन्त्री र एक राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

आर्थिक मामिला मन्त्रीमा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकास मन्त्रीमा कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा कांग्रेसका प्रमुख सचेतक केदार कार्की, सामाजिक विकास मन्त्रीका रुपमा जनता समाजवादी पार्टीका नेता जयराम यादवले शपथ लिएका हुन् ।

सामाजिक विकास राज्यमन्त्रीका रुपमा विष्णुमाया तुम्बाहाम्फेले पनि शपथ लिएकी छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)