सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भेट्रान फुटबलको उपाधि झापालाई


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक १६, २०७८
  • 565
    SHARES

१६ कात्तिक, काठमाडौं । खुमलटार भेट्रान फुटबल क्लबले लिएको अग्रतालाई उल्टाउँदै झापा भेट्रान फुटबल क्लबले भेट्रान फुटबल प्रतियोगिताको उपाधि उचालेको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आज भएको फाइनल खेलमा झापाले खुमलटारमाथि २–१ को पुनरागमन जित निकाल्दै उपाधि उचालेको हो । निकै रोमाञ्चक बनेको खेलमा खुमलटारले पहिलो हाफमा लिएको थियो । तर झापाले अग्रतालाई उल्टाउँदै दोस्रो हाफमा दुई गोल गरेर उपाधि उचाल्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा खुमलटारले पहिलो हाफमा अग्रता लिने क्रममा कप्तान नरेन्द्र लामाले २७औं मिनेटमा गोल गर्दै खाता खोलेका थिए ।

त्यसपछि दबाबमा परेको झापा पहिलो हाफमा खेलमा फर्किन निकै कसरत गरे पनि सफल हुन सकेन । दोस्रो हाफमा सम्हालिएको प्रदर्शन गरेको झापाले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । ३९औं मिनेटमा श्याम कुमार गोलले गोल गर्दै दोस्रो हाफको सुरुआतमा खेल बराबरीको अवस्थामा ल्याएका थिए । त्यसपछि झन रोमाञ्चक बनेको फाइनल खेलमा दुबै टोली स्पष्ट जितका लागि प्रयास गरे । तर पाएक केही राम्रा अवसर विफल भएका थिए । काउन्टर गर्ने क्रममा झापाले इन्जुरी समयमा गोल गर्दै जित निश्चित गर्न सफल भयो । बराबरी गोल फर्काएका श्याम कुमार गोलले नै विजयी गोल गर्दै टोलीको जित पक्का गरे ।

खुमलटारविरुद्ध रोमाञ्चक जित निकालेको झापाले उपाधि सहित नगद ५ लाख रुपैयाँ हात पार्दा उपविजेतामा चित्त बुझाउन बाध्य खुमलटारले २ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । व्यक्तिगत विधातर्फ झापाका श्याम कुमार गोले प्लेयर अफ द म्याच तथा प्लेयर अफ द टुर्नामेन्ट, रुपक कुमार गुरुङ उत्कृष्ट गोल किपर, भेषराज लिम्बु उत्कृष्ट मिडफिल्डर, नरेन्द्र लिम्बु उत्कृष्ट फरवार्ड तथा सन्तोष राई उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै खुमलटारका विनोद खड्गी उत्कृष्ट डिफेन्डर घोषित भए भने जुमानु राईले गोल्डेन बुट अवार्ड थापे । फुटबर्लस मिसन टुगेदरले प्रतियोगितामा २१ टोलीले सहभागिता जनाएका थिए । आयोजकले सहभागि टोलीलाई सात समूहमा विभाजन गरी लिगकम नकआउटको आधारमा खेलाएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }