बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ ग्रहण


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १७, २०७८
  • 369
    SHARES

कर्णाली, १७ कात्तिक
कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष शपथ ग्रहण गर्नुभएको हो ।

सत्ता साझेदार दल नेपाली कांग्रेसका छ, नेकपा (माओवादी केन्द्र) का १२ र नेकपा ९एकीकृत समाजवादी० को तीनसहित २१ प्रदेशसभा सदस्यको समर्थनमा हिजो दिउँसो ४ः०० बजे मुख्यमन्त्रीमा नेता शाहीले प्रदेश प्रमुख कलौनीसमक्ष दाबी पेस गर्नुभएको थियो । हिजै साँझ ७ः३० बजेको समय सीमाभित्र नेता शाहीको मुख्यमन्त्रीमा एकल दाबी पेस भएपछि प्रदेश प्रमुख कलौनीले उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

कर्णाली प्रदेशसभामा हाल ३५ सदस्य छन् । सत्ता गठबन्धन दलमध्ये कांग्रेसका छ, नेकपा माओवादी केन्द्रका १२ र नेकपा (एकीकृत समाजवादी) का तीन प्रदेशसभा सदस्य गरी २१ जना छन् । प्रदेशसभामा नेकपा एमालेका भने सभामुखसहित १३ र राप्रपाका एक सदस्य रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)