सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आहा रारा गोल्डकप माघ ६ गतेबाट हुने


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १७, २०७८
  • 146
    SHARES

१७ कात्तिक, काठमाडौं । सहारा एकेडेमीलाई पोखराको व्यावसायिक घराना सूर्यबहादुर केसी परिवारले बार्षिक १५ लाखका दरले १० वर्ष सहयोग गर्ने भएको छ ।

पोखरामा बुधबार एक कार्यक्रमका बीच स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एकेडेमीको जिम्मेवारी लिए सँगै सहारा क्लब एकेडेमीको नाम समेत परिवर्तन हुने भएको छ । क्लबसँग दशवर्षे सम्झौता गर्दै ‘सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी’ नामाकरण गरिएको छ । सम्झौता अनुसार केसी परिवारले एकेडेमीलाई लागि वार्षिक १५ लाख रुपैयाँ उपलब्ध गराउने छ । सहयोग र दाताको भरमा सन्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग आएको हो ।

एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु बसेर पढिरहेका छन् । उनीहरुको शिक्षा दीक्षा सहित फुटबल प्रशिक्षण एकेडेमीले दिने गरेको छ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग आउने गरेको थियो । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ । यस्तै सहारा क्लवले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप माघ ६ देखि सुरु गर्ने तयारी गरेको क्लबले बताएको छ । फुटवल प्रतियोगिताको मुख्य प्रयोजन समेत केसी ग्रुपले नै गरेको छ । सहारा क्लवले आफैले जग्गा खरिद गरेर पोखराको दोविल्लामा एकेडेमी सन्चालन गरिहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }