बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतको पहिलो जित


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १८, २०७८
  • 308
    SHARES

अबुधाबीः भारतले चालु टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । अबुधाबीमा बुधबार खेलिएको खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा २ विकेट गुमाएर २१० रनको विशाल स्कोर खडा गरेको थियो । भारतका लागि रोहित शर्माले ७४, के एल राहुलले ६९, रिषभ पन्त २७ तथा हार्दिक पान्ड्याले ३५ रन बनाए ।

२११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानलाई भारतीय तिब्र गतिका बलर र स्पिन बलरहरुले ध्वस्त बनाएका थिए । २० ओभरको खेलमा अफगानिस्तानले ७ विकेट गुमाएर १४४ रन मात्र बनाएको थियो ।

भारतका लागि मोहम्मद शामीले ३, रविचन्द्रन अश्विनले २, रविन्द्र जडेजा र जसप्रित बुम्राहले एक एक विकेट लिएका थिए ।

अफगानिस्तानका लागि करिम जनतले ४२ तथा कप्तान मोहम्मद नाबीले ३५ रनको योगदान गरेका थिए । अन्य ब्याट्सम्यानले खासै रन बनाउन सकेनन् ।

यो जितसँगै भारतले प्रतियोगितामै पहिलो जित दर्ता गर्दै २ अंक जोडेको छ । अन्तिम चारमा स्थान बनाउन भारतले आफ्ना बाँकी खेल जित्नै पर्नेछ भने न्यूजीन्याण्डले आफ्नो बाँकी कुनै खेल हार्नु पर्नेछ । नत्र भारत समूह चरणबाटै बाहिरिने छ । एजेन्सी

अंक तालिका

समूह क खेल अंक समूह ख खेल. अंक.
इङल्यान्ड अफगानिस्तान
अस्ट्रेलिया पाकिस्तान
दक्षिण अफ्रिका भारत
वेस्ट इन्डिज न्यूजील्यान्ड
श्रीलंका स्कटल्यान्ड
बंगलादेश नामिबिया

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)