आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाललाई बेलायतको ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १८, २०७८
  • 297
    SHARES

काठमाडौं, १८ कात्तिक

कोभिड महामारीको समयमा अलपत्र विदेशी पर्यटकको खोज उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ ।

महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दीको समयमा नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकको उद्धारमा सक्रियता देखाएबापत नेपालले विश्व चर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

लण्डनमा आयोजित वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) को अवसरमा एक समारोहका बीच उक्त अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई हस्तान्तरण गरिएको थियो ।

सो अवार्डका लागि नोमिनेशन भएका नौवटा मुलुकलाई उछिन्दै नेपालले अवार्ड पाएको हो । पर्यटनमन्त्री आले, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र छवटा नेपाली पर्यटन व्यवसायी कम्पनी सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म आयोजना भएको डब्लुटिएममा सहभागी भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ ।

बन्दाबन्दीको समयमा बोर्डले स्ट्रयान्डेड इन नेपाल अनलाइन अभियान सञ्चालन गरी कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी), जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका एक हजार ७२१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो ।

यस्तै बोर्डले नेपालस्थित विभिन्न कूटनीतिक नियोगसँगको समन्यवमा रिपाट्रिएशन फ्लाइटमार्फत करिब पाँच हजारभन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो ।

यसैबीच वल्र्ड ट्राभल मार्ट (डब्लुटिएम) मा बोर्डका कार्यकारी प्रमुख डा रेग्मी कोभिडको समयमा नेपालले गरेका कार्य तथा त्यसपछि नेपालको समग्र पर्यटनको अवस्थाका बारेमा विश्व चर्चित मिडिया बीबीसी, सीएनएन, लोन्ली प्यानेट र वन्डरलस्ट म्यागेजिनका सञ्चारकर्मी तथा अन्य पर्यटन क्षेत्रका विज्ञसँग छलफलमा सहभागी हुनुभएको थियो भने डब्लुटिएम चाइना फोरमले आयोजना गरेको अन्तक्र्रियामा समेत सहभागी हुनुभएको थियो ।

सो अवसरमा डा रेग्मीले कोभिडपछि नेपालले विभिन्न स्वास्थ्य तथा सुरक्षाको मापदण्ड तयार गरेको र सोही मापदण्डका आधारमा विदेशी पर्यटक आगमन खुला गरेको जानकारी दिनुभयो । गत वर्ष कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट आयोजना गरिएको डब्लुटिएममा यस वर्ष भने विश्वभरका १५० देशको सहभागिता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)