मङ्लबार, जेष्ठ ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एनआरटी र सातदोबाटोको ए डिभिजन तयारी


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १८, २०७८
  • 242
    SHARES

काठमाडौं, १८ कात्तिक

आसन्न सहिद स्मारक ए डिभिजन लिगका लागि यति बेला क्लब तयारीमा व्यस्त छन् । २९ कात्तिकबाट हुने लिगमा यो संस्करणका १४ क्लबले प्रतिस्पर्धा गर्दै छन् । सातदोबाटो युथ क्लब यो संस्करणमा नयाँ टोलीको रुपमा प्रतिस्पर्धा गर्दै छ भने अन्य टोलीले पनि खेलाडी सरुवा बजारको भरपुर सदुपयोग गर्दै लिगको उपाधि लक्ष्यका साथ तयारीलाई तिब्रता दिइरहेका छन् ।

१४ क्लबको सहभागिता रहने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ गतेबाट आयोजना हुँदै छ । त्यसका लागि अखिल नेपाल फुटबल संघले गत साता टाईसिट पनि सार्वजनिक गरिसकेको छ । जस अन्तर्गत पहिलो खेल नै यसै सिजन ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्र्धा गर्दा लिगको आरम्भ हुँदै छ । बढुवा भएको टोलीलाई अनुभवि प्रशिक्षक मेघराज केसीले सम्हाल्दै छन् । अनुभवि ए डिभिजन लिग क्लबसँग प्रतिस्पर्धा गर्न केसीले टोली राम्रो बनाउन निकै मिहिनेत पनि गरिरहेका छन् । अन्य क्लबको तुलनामा सातदोबाटो युथले केही महिना अगाडिबाट तयारीलाई तिब्रता दिइरहेको छ । प्रशिक्षक मेघराज केसीले चुनौति स्विकार गर्दै ए डिभिजनमा राम्रो फुटबल खेल्ने टोली बनाउन मिहिनेत गरेको बताए ।

टोलीको टिमवर्क राम्रो भएको भन्दै आसन्न लिगमा राम्रो प्रदर्शन गर्ने प्रशिक्षक केसीको विश्वास छ । केसीले भने जस्तै सातदोबाटो युथ क्लबका खेलाडी मन बहादुर तामाङले पनि लिगका लागि भनेर टोलीले राम्रो तयारी गरिरहेको र राम्रो फुटबल खेल्ने बताए । केही अनुभवी र नयाँ खेलाडीको सम्रिश्रण भएको टोलीले विगत तीन महिना देखी एकै ठाँउमा रहेर प्रशिक्षण गरेको र निश्चित लक्ष्य भएकाले भेटाउनका लागि सफल हुने तामाङले बताए ।

त्यसो त सातदोबाटो युथ क्लबमा बी डिभिजन लिगबाट बढुवा भएको छुट्टै जोस छ । २६ वर्षे इतिहासमा पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो सम्मान जनक प्रतिस्पर्धा गरेर ए डिभिजन लिगमा बलियो टोली सावित गर्ने लक्ष्यमा छ । तर काठमाडौंबाट इतिहास बोकेको न्युरोड टिम भने खेलाडी भेला पार्नेमा अझै ब्यस्त छ । केही खेलाडीलाई समावेश गरेर तयारी थालेको टोलीमा केही राष्ट्रिय टोलीका खेलाडी भए पनि अभ्यासमा आईपुगेका छैनन् । लिग हुनेकी नहुने दुबिधा भइरहेको अवस्थामा सार्वजनिक तालिका र खेलाडीहरु उपत्यका भन्दा बाहिर भएकाले तयारीलाई तीब्रता दिन नसकेको प्रशिक्षक राजुकाजी शाक्यले बताए । क्लबलाई अभ्यास गर्ने स्तरीय स्थान नभएको उनको गुनासो छ ।

लिग आयोजनाको मिति नजिकिँदै गर्दा सबै जसो क्लब तयारीमा ब्यस्त छन् । कोरोना महामारीले असर पारे पनि क्लबले जसो तसो लिग खेल्ने योजना बनाएका छन् । १४ क्लबले सहभागिता जनाउने लिगमा यस संस्करण रेलिगेशन रहेको छ । लिगको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }