बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आईसीसी महिला टी-२० विश्वकप छनौट खेलको तयारीका लागि नेपाली टोली बंगलादेश प्रस्थान


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक १९, २०७८
  • 919
    SHARES

काठमाडौं ,१९ कात्तिक

आईसीसी महिला टी-२० विश्वकप छनौट खेलको तयारीका लागि नेपाली टोली बंगलादेश प्रस्थान गरेको छ । नेपाली राष्ट्रिय क्रिकेट महिला टोली बंगलादेश प्रस्थान गरेको क्यानले जनाएको छ ।

एकसाता लामो बसाइको क्रममा नेपाली राष्ट्रिय महिला टोलीले बंगलादेशमा अभ्यास स्वरुप ४ खेल खेल्नेछन् । बंगलादेश प्रस्थान गर्ने टीममा रुविना क्षेत्री सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी, संगीता राई, सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी पनि टोलीमा समेटिएका छन् । टीमको कप्तानी भने रुविना क्षेत्रीले सम्हाल्ने छिन् ।

त्यस्तै नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापकमा जयन्ती भट्ट रहेका रहेका छन् । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आगामी मङ्सिर ३ देखि १३ गतेसम्म युनाईटेड अरब इमिरेटस् (युएई) मा हुनेछ।

उक्त प्रतियोगितामा नेपालसहित युएई, भुटान, कुवेत, हङकङ र मलेसियाले प्रतिष्पर्धा गर्ने तालिका रहेको छ । नेपालले मंसिर ६ पहिलो खेल हङ्कङसँग खेल्नेछ । त्यस्तै दोस्रो खेल ७ गते भूटानसँग खेल्ने तालिका रहेको छ ।

त्यस्तैगरी तेस्रो खेल मंसिर ९ गते कुवेतसँग खेल्ने तालिका रहेको छ । चौथो खेल नेपालले मंसिर १० गते मलेसियासँग खेल्ने छ । त्यस्तै पाँचौ खेल नेपालले मंसिर १२ गते युएईसँग खेल्ने तालिका रहेको छ । प्रतियोगिताको शीर्ष टोली अर्को वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छानिनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)