सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टी-ट्‍वान्टी विश्वकप क्रिकेट

भारतद्वारा स्कटल्याण्ड आठ विकेटले पराजित , भारतको सेमिफाइनलको सम्भावनालाई कायमै


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २०, २०७८
  • 236
    SHARES

काठमाडौं, २० कात्तिक

जारी टी-ट्‍वान्टी विश्वकप क्रिकेट अन्तर्गत स्कटल्याण्डलाई आठ विकेटले पराजित गर्दै भारतले आफ्नो सेमिफाइनलको सम्भावनालाई कायमै राखेको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा गएराती टस हारेर पहिलो ब्याटिङ थालेको स्कटल्याण्ड १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ८५ रनमा समेटिएको थियो ।

स्कटल्याण्डका ओपनर जर्ज मुन्सेले सर्वाधिक २४ रन बनाएका थिए । भारतका लागि स्पीनर बलर रविन्द्र जडेजाले १५ रन खर्चिएर तीन विकेट र तीव्रगतिका बलर महम्मद सामीले तीन विकेट लिंदै स्कटल्याण्डलाई सस्तैमा समेटेका थिए ।

जीतका लागि ८६ रनको सामान्य लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको भारतले ६ दशमलव ३ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै स्कटल्याण्डमाथि सानदार जीत निकालेको हो ।

भारतका लागि ओपनर लोकेस राहुलले १८ बलमै ५० रनको अर्धशतकीय पारी खेलेका थिए । यो जीतसँगै भारत तस्रो स्थानमा उक्लिएको छ । भारतले अब आफ्नो अन्तिम खेल नामिबियासँग खेल्नेछ ।

गएराती सम्पन्न अर्को खेलमा भने न्युजिल्याण्डले नामिबियालाई ५२ रनले पराजित गर्दै समूह दूईको दोस्रो स्थानमा उक्लिएको हो ।

आजको खेलमा अष्ट्रेलियाले वेष्टइन्डिजसँग दिउँसो ३.४५ बजे खेल्दैछ भने इङ्ल्याण्डले साउथ अफ्रिकासँग साँझ ७.४५ बजे प्रतिस्पर्धा गर्दैछ ।-

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }