सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

उपमेयर कप: रोङ र कनकाई नगरपालिका क्वार्टरफाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २२, २०७८
  • 616
    SHARES

२२ कात्तिक, काठमाडौं । रोङ गाउँपालिका र कनकाई नगरपालिका झापा उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा भएका खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ ले पराजित गर्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो । रोङको जीतमा इन्दिरा राईले ह्याट्रिक र कप्तान अनिता राईले १ गोल गरे । तुलसीपुरकी ममता पुन मगरले सान्तवना गोल फर्काए । खेलमा प्लेयर अफ दि म्याच रोङकी इन्दिरा राई चुनिइन ।

समुह ई को बिजेताको रुपमा नकाउट चरण प्रवेश गरेको रोङले बुधबार कैलालीको गौरीगंगा नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । पराजयसँगै तुलसीपुरको यात्रा समाप्त भएको छ । तुलसीपुर समुह एफ को विजेताको रुपमा नकाउट चरणमा प्रवेश गरेको थियो ।

छनोट खेल अन्तर्गत आजै सम्पन्न अर्को खेलमा कनकाइ नगरपालिका झापाले सुनकोशी नगरपालिका सिन्धुपाल्चोकलाई पेनाल्टी सुटआउटमा हराउँदै अन्तिम आठमा स्थान बनाएको हो । पेनाल्टी सुटआउटमा कनकाइले सुनकोशीलाई ३–१ गोलले हराएको हो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । जित निकालेको कनकाइले क्वार्टरफाइनलको खेलमा कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन । प्रतियोगितामा भोली पनि दुई खेल हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }