सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुर र धनगढी सेमिफाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक २३, २०७८
  • 715
    SHARES

ललितपुर , २३ कात्तिक

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिता अन्तर्गत आज भएका खेलबाट विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न भएको खेलमा ललितपुरले मोफोसलको टोली शिवताक्षी नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सुरुआतबाट नै हावी भएको ललितपुरले पहिलो हाफमा गरेका चार गोल नै जितका लागि पर्याप्त भएका थिए ।

ललितपरले अन्तिम चारमा स्थान बनाउने क्रममा कप्तान निर्मला बिकले ह्याट्रिक गरिन् । निर्मलाले छैटौं मिनेटमा गोल गर्दै अग्रता निकाल्दा २२औं मिनेटमा दोस्रो र ३५औं मिनेटमा व्यक्तिगत तेस्रो गोल थप्दै ह्याट्रिक पूरा गरेकी थिइन् । यस्तै मनिसा शेनले ४३आंै मिनेटमा चौंथो गोल गर्दै टोलीलाई पहिलो हाफमा ४–० को अग्रता दिलाउन सफल भइन् । त्यसपछि दोस्रो हाफतिर लम्किएको खेलमा दुबै टोलीबाट थप गोल हुन सकेन र ललितपुरले अन्तिम चारमा स्थान पक्का ग¥यो ।

छनोट खेल अन्र्गत आजै सम्पन्न दिनको दोस्रो खेलमा धनगढी उपमहानगरपालिकाले बाँसगढी नगरपालिकामाथि गोलको वर्षा गर्दै अन्तिम चारमा स्थान बनायो । धनगढीले बाँसगढीमाथि १२–१ को फराकिलो जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । फराकिलो जित निकाल्ने क्रममा धनगढीले पहिलो हाफमा ७ तथा दोस्रो हाफमा ५ गोल थपेको थियो । विजयी शिवसताक्षीले फाइनल प्रवेशका लागि गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । यी दुई टोलीको भिडन्त भोलि हुँदै छ । दिनको पहिलो खेल गौरीगंगा नगरपालिका कैलाली र इलामको रोङ गाउँपालिका तथा गोदावरी नगरपालिका कैलाली र कनकाई नगरपालिका झापाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }