बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

धनगढी र ललितपुर राष्ट्रिय लिगका लागि छनोट


  • माउन्टेन खबर
  • शुक्रबार, कार्तिक २६, २०७८
  • 591
    SHARES

ललितपुर ,२६ कात्तिक

ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिकाले राजधानीमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगिताको फाइनलमा स्थान बनाए सँगै राष्ट्रिय लिगमा स्थान पक्का गरेका छन् ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा आज सम्पन्न सेमिफाइनल खेलमा सुखद नतिजा निकाल्दै ललितपुर र धनगढीले राष्ट्रिय लिगमा स्थान पक्का गरेका हुन । आज दिउसो भएको दिनको पहिलो सेमिफाइनल खेलमा ललितपुरले कन्काई नगरपालिका झापालाई १–० ले पराजित फाइनलमा स्थान बनाउँदा राष्ट्रिय लिगका लागि योग्य भएको हो । ललितपुरको जितमा कप्तान निर्मला विकले तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक भएको थियो । निकै प्रतिस्पर्धात्मक भएको खेलमा दुबै टोलीले आकर्षक खेल खेलेका थिए । पहिलो हाफमा पछि परेपछि आक्रामक खेलेको कन्काईले केही राम्रा अवस खेल अवधिमा सिर्जना गरे पनि सदुपयोग गर्न चुकेको थियो । जसको मूल्य कन्काई निकै ठूलो भयो ।

प्रतियोगिता अन्तर्गत आजै सम्पन्न दिनको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा गौरिगंगा नगरपालिकालाई ४–० ले हराउँदै फाइनलमा स्थान बनाउँदै धनगढी पनि राष्ट्रिय लिगका लागि छनोट भएको छ । सुरुआतबाटनै दबाबर दिएकर खेलेको धनगढीले पहिलो हाफमा एक गोल गरेको थियो दोस्रो हाफमा थप तीन गोल गर्दै ललितपुरसँगको भिड्न्त पक्का गरेको हो ।

३१ टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल आइतबार हुने छ । खेल सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार तथा प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०–२० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)