बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइसीसी टी-ट्वान्टी विश्वकप

फाइनल उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्यान्ड भिडदै


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २८, २०७८
  • 632
    SHARES

काठमाडौं, २८ कात्तिक

आइसीसी टी-ट्वान्टी विश्वकपको फाइनल उपाधिका लागि आज अष्ट्रेलिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।

अष्ट्रेलिया दोस्रोपटक टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको हो । अष्ट्रेलियाले पाकिस्तानलाई हराउँदै दोस्रोपटक फाइनलमा स्थान बनाएपनि टी-ट्वान्टी विश्वकपको उपाधी भने उचाल्न सकेको छैन । यसअघि अष्ट्रेलिया सन् २०१० को फाइनलमा इङ्ल्याण्डसँग सात विकेटले पराजित भएको थियो ।

फाइनल खेल आज दुबई इन्टरनेशनल स्टेडियममा साँझ ७.४५ बजेबाट खेलिने कार्यक्रम रहेको छ ।

अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको थियो भने न्युजिल्यान्ड इङल्यान्डलाइ पराजित गर्दै फाइनलमा पुगेको थियो । न्युजिल्यान्ड पनि पहिलो पटक फाइनलमा पुगेको हो । यी दुवै देशका लागि टी-ट्वान्टी विश्वकपको उपाधी भने पहिलो हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)