रसुवा, २८ कार्तिक
रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमाले परित्याग गरि करिब ५० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । आइतबार सदरमुकाम धुन्चेमा भएको नेपाली कांग्रेसको १४ औ वडा अधिबेशनमा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।
बिगत ३५ वर्षदेखि एमालेमा सक्रिय रहेका नेता कालु स्याङ्बा, कामी छिरिङ तामाङ लगायतका नेता तथा कार्यकर्ता एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ कमिटीका समापती राजु तितुङले बताए ।
कालु स्याङ्बा

कामी छिरिङ तामाङ

कांग्रेस प्रबेश गर्नेहरुलाई कांग्रेस नेताहरुले टिका र खादा लगायर स्वागत गरेका छन् । प्रबेश गरेकाहरुले एमाले परित्याग गरि बिना सर्त आफनो मन बचनबाट कांग्रेसमा प्रबेश गरेको बताएका छन् ।
तस्बिरः बिशाल घले



