सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको २३ वटा वडामा कांग्रेसको वडा अधिबेशन सम्पन्न


  • माउन्टेन खबर
  • सोमवार, कार्तिक २९, २०७८
  • 723
    SHARES

रसुवा, २९ कार्तिक

रसुवाको २३ वटा वडामा नेपाली कांग्रेसको वडा अधिबेशन सम्पन्न भएको छ । जिल्लाको २७ वटा वडा मध्ये २३ वटा वडाको वडा अधिबेशन सम्पन्न भएको हो ।

जिल्लाको क्रियाशिल सदस्यता विवादका कारण लामो समयदेखि रोकिएको वडा अधिबेशन आइतबार भएको छ । अधिकांश वडामा सर्वसम्मतीबाट नेतृत्व चयन भएका छन् भने केहि वडामा मतदान प्रक्रिया बाट नेतृत्व गरिएको छ ।

हालसम्म जिल्लाको कालिका गाउँपालिकाको ५ वटै वडा र आमाछोदिङ्मो गाउँपालिकाको ५ वटै वडामा सर्वसम्मतीबाट नेतृत्व चयन गरिएको छ ।
त्यसैगरि, उत्तरगया गाउँपालिकाको वडा नम्बर १ र ४ मा सर्वसम्मतीबाट नेतृत्व चयन भएका छन् । वडा नम्बर ५ मा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको नेपाली कांग्रेस रसुवाले जनाएको छ । वडा नम्बर २ र ३ मा भने सर्वसम्मतीबाट नेतृत्व चयनको प्रयास भइरहेको नेपाली कांग्रस रसुवाका सभापती पेम्बा छिरिङ तामाङले बताए ।

त्यसैगरि नौकुण्ड गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ मा सर्वसम्मतीबाट नेतृत्व चयन भएको जनाइएको छ । वडा नम्बर ६ मा भने सर्वसम्मतीबाट नेतृत्व चयनको प्रयास भइरहेको जनाइएको छ ।

त्यसैगरि गोसाईकुण्ड गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ मा सर्वसम्मतीबाट नेतृत्व चयन भएको छ भने वडा नम्बर ६ मा सर्वसम्मतीबाट नेतृत्व चयनको प्रयास भइरहेको नेपाली कांग्रेस रसुवाले जनाएको छ ।

जिल्लामा नेपाली कांग्रेसको वडा अधिबेशन सम्पन्न गराउनका लागि केन्द्रबाट तोकिएर आएका निर्वाचन अधिकृत सुमन कुमार केसी र सहायक निर्वाचन अधिकृत जनक सिंह साउद खटिएका छन् । उनीहरुले अधिबेशन सम्पन्न गराउनका लागि जिल्लाको २७ वटै वडामा शिक्षक महासंघका शिक्षकहरुलाई अधिकृतको रुपमा खटाएका छन् ।

भोली कार्तिक ३० गते नेपाली कांग्रेस रसुवाको पालिका अधिबेशन गराउने भनिएको छ । तर जिल्लाको चार वडा वडामा नेतृत्व चयन हुन बाकि रहेको छ । सबै वडामा नेतृत्व चयन पश्चात पालिका अधिबेशनका लागि प्रक्रियामा जाने निर्वाचन अधिकृत सुमन कुमार केसीले बताए । ‘केहि वडाको नेतृत्व चयन भएका पदाधिकारीको वर्जिनल डकुमेन्ट आइपुगेको छ, अधिकांश वडाको आउन बाकि छ, उनले भने, सबै वडाको डकुमेन्ट आएपछि मात्र पालिका अधिबेशन सुरु हुन्छ,

वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यहरूको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद भएको थियो । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन समाबेश गराएसँगै विवाद समाधान भएको थियो । र आइतबार वडा अधिबेशन सुरु भएको थियो ।

निर्वाचन अधिकृत केसीका अनुसार जिल्लामा नेपाली कांग्रेसको ३ हजार ९ सय ६४ क्रियाशिल सदस्य रहेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)