बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सहिद स्मारक ए डिभिजन लिग फुटबलको दुई चरणका खेल दशरथ रंगशालामा हुने


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ३०, २०७८
  • 890
    SHARES

काठमाडौं ,३० कात्तिक

मंसिर ३ गतेबाट हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सुरुआती दुई चरणका सबै खेलद दशरथ रंगशालामा हुने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले यस अघि जारी गरेको तालिकालाई हेरफेर गर्दै नयाँ खेल तालिका सार्वजनिक गरेको छ । जस अन्तर्गत सुरुआती दुई चरणको सबै खेल त्रिपुरेश्वरस्थित रंगशालामा हुने जनाएको छ । यस अघि एन्फाले आयोजना गरेको टाई सिट ड्रड सार्वजनिक कार्यक्रमबाट खेल दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जनाएको थियो ।

शुक्रबारबाट सुरु हुने लिगको उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दशरथ रंगशालामा हुने उद्घाटन खेल फ्लड लाइटमा खेलाईने छ । उक्त खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । दोस्रो दिनबाट हरेक दिन दुई खेलहरु हुने छन । पहिलो खेल १ बजे हुनेछ भने दोस्रो खेल ४ः४५ बजे हुनेछ ।

कुल १४ टोलीले सहभागिता जनाएको प्रतियोगितामा ९१ खेल हुनेछन् । लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)