शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विकास एवं समृद्धिका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक : अध्यक्ष यादव


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ३०, २०७८
  • 402
    SHARES

सप्तरी, ३० कात्तिक

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई शान्ति, विकास एवं समृद्धिको बाटोमा लानका लागि अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्न आवश्यक भएको बताउनुभएको छ ।

जसपा नेपाल कञ्चनरूप नगर कार्यसमितिद्वारा आज सप्तरीको कञ्चनपुरमा आयोजित कार्यक्रममा उहाँले जनसङ्ख्याका आधारमा मधेसीको राजनीतिक प्रतिनिधित्व हुनुपर्छ भन्नुभयो।

अध्यक्ष यादवले देशको संविधानमा समावेशी सिद्धान्तबमोजिम नै मधेशी, महिला, आदिवासी जनजाति, दलित र मुस्लिमलाई राज्यमा उचित प्रतिनिधित्वको व्यवस्था गरेको भएपनि भेदभावका कारणले सरकारी सेवामा उनीहरुको प्रवेश कम देखिएको बताउनुभयो ।

दलित, मधेशी, थारु, मुस्लिम र जनजातिलाई अधिकार सम्पन्न बनाउनका लागि जसपा नेपालले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उहाँले देशमा सदियौँदेखि पछाडि पारिएका जाति समुदायको हकअधिकार अझै पूर्णरुपले स्थापित भइसकेको छैन, विभेद र उत्पीडनमा परेको ती जाति समुदायको अधिकार सुनिश्चितताको लडाइँ निरन्तर जारी नै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूमि व्यवस्था वैज्ञानिक नभएसम्म किसान आर्थिकरुपले सबल हुन सक्दैन् । यसका लागि आफ्नो पार्टीले प्रयत्न जारी राखेको छ ।” बेमौसमी वर्षाबाट क्षति भएका किसानको राहतका लागि सरकारले रु साढे पाँच अर्ब बजेट छुट्याएको  अध्यक्ष यादबले  बताउनुभयो ।”

अध्यक्ष यादवले देशमा सङ्घीयता, गणतन्त्र, समावेशीतासहितको व्यवस्था स्थापनामा जसपाको अग्रणी भूमिक रहेको उल्लेख गर्दै स्थानीय सरकारदेखि संसद र राज्यको शासन र प्रशासनसम्म मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, महिला, अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्वको सुनिश्चित सङ्घीय प्रणालीकै कारण भएको प्रष्ट पार्नुभयो ।

लोकतन्त्रको रक्षा गर्ने दायित्व समाजवादी पार्टीको भएको बताउँदै उहाँले मधेशमा ठूलो जनसङ्ख्या अहिले पनि नागरिकताबाट वञ्चित रहेको बताउँदै उहाँले उनीहरुलाई नागरिकता दिलाउन नागरिकता ऐन संशोधन हुन आवश्यक रहेको छ भन्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)