बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ए डिभिजनमा हिमालयन शेर्पालाई नेपाल आइसले प्रायोजन गर्ने


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १, २०७८
  • 450
    SHARES

१ मङ्सिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन क्लब हिमालयन शेर्पासँग आज नेपाल आइस मुख्य प्रायोजकको रुपमा जोडिएको छ ।

मंगलबार काठमाण्डौमा एक कार्यक्रमका बीच हिमालयन शेर्पा क्लबले नेपाल आईससँग मुख्य प्रायोजनका सम्झौता गरेको हो । हिमालयन शेर्पाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पा र नेपाल आइसका बिजिनेस हेड प्रदिप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार हिमालयन शेर्पालाई नेपाल आइसले एक वर्षको लागि प्रायोजन गर्नेछ भने हिमालयन शेर्पाले ए डिभिजन लिगमा नेपाल आईस अंकित लोगो भएको जर्सी लगाउने छ । प्रायोजन रकम भने खुलाइएको छैन । सम्झौता कार्यक्रममा बिजिनेस हेड पुडासैनीले सामाजिक उत्तरदायीत्व र फुटबल विकासका लागि नेपाल आईस हिमालयन शेर्पा क्लबसँग जोडिएको बताउनुभयो । यस्तै हिमालयन शेर्पा क्लबले स्पोटर््स किट्स पार्टनरको रुपमा खेलकुद पोसाक कम्पनी केटीएम सिटीसँग साझेदारी गरेको छ । हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्बु दोर्जे शेर्पा र केटिएम सिटीका प्रमुख कार्यकारी अधिकृत निमा शेर्पाले सम्झौता पत्र आदान प्रदान गर्नुभयो । सम्झौतासँगै केटीएम सिटीले हिमालयन शेर्पालाई २५ लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ र ए डिभिजन लिगमा शेर्पाले केटीएम सिटीको जर्सी प्रयोग गर्नेछ ।

नयाँ सिजनको ए डिभिजन लिग शुक्रबारबाट हुँदैछ । हिमालयन शेर्पाले शनिबार काठमाडौंको पुरानो क्लब संकटासँग खेल्दै लिगको सुरुआत गर्नेछ ।

आजै यसै सिजन बढुवा भएको सातदोबाटो युथ क्लबले पनि टि टेनसँग स्पोटर््स किट्स प्रायोजनाका लागि सम्झौता गरेको छ । सातदोबाटोले उद्घाटन खेलमा फ्रेन्ड्ससँग खेल्दै लिगको आरम्भ गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)