बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बक्सिङको ४८ केजी प्रतिस्पर्धामा सुशील थापा पुगे सेमिफाइनलमा


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १, २०७८
  • 524
    SHARES

१ मङ्सिर, काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मीका सुशिल थापा प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष तर्फ ४८ केजी स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सातदोबाटो स्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको कराते हलमा जारी प्रतियोगिता अन्तर्गत ४८ केजी स्पर्धाको खेलमा सुशिलले उदयपुरका लक्ष्मण राईलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । सोही स्पर्धाको अन्य भिडन्तमा एचटुओका रविन थापाले अल्फाका विशेष बुढा मगर, बाजुराका कमल विश्वकर्माले दाङका राजन परियार (वाकओभर) र सुर्खेतका मोहन गुरुङले झापाका धर्मेन्द्र राईलाई हराउदै सेमिफाइनलमा स्थान बनाए ।

पुरुष ५१ केजीमा उदयपुरका नारायण भुजेलले चितवनका विमोचन लामिछाने, आर्मीका सुवास तामाङले आर्मी ‘बी’ का जयन्त मैनाली, रुकुमका जीवनकुमार पुनले अल्फका प्रशान्त झाक्री मगर तथा एपीएफका प्रदीप महर्जनले पाल्पाका दिलबहादुर आलेलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे । पुरुष ५४ केजीमा आर्मी ‘बी’ का सुदिप श्रेष्ठले रामेछापका आर्यन गहतराज, भीपीबीसीका उपास गुरुङले दाङका भरत पुन मगर तथा स्विटका आङ पेम्बा शेर्पाले अल्फाका रेमोन पुन मगरलाई हराउँदै अन्तिम चारको यात्रा तय गरे ।

पुरुष ५७ केजीमा एपीएफका पुरन राईले नेपाल प्रहरीका शम्भु राजवंशी तथा एचटुओका बुद्ध ग्याल्मो लामाले पनि आर्मी ‘बी’ का बाबुराम मगरलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । यस्तै कञ्चन्पुरका रञ्जन भट्टले भाइबका तिलवीर पुन मगरबाट वाकओभर पाउदै सेमिफाइनलमा स्थान सुनिश्चित गरे । पुरुष ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले नक्सालका विजय थापा, दाङका अनिल पुन मगरले आर्मीका विमल रोक्का, बाँकेका नवीन घर्तीले ललितपुरका निसान दास तथा कञ्चन्पुरका महेन्द्र चन्दले बाजुराका देवराज जोशीलाई निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६३ केजीमा थानकोटका मनीष श्रेष्ठ, आर्मीका दोलबहादुर चौधरी, कास्कीका सागर परियार तथा एपीएफका सोनम सार्की सेमिफाइलनलमा स्थान बनाए । प्रतियोगितामा भोलीबाट सेमिफाइनलका खेल हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)