बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युवा खेलाडीको भरमा सबै क्लबले ए डिभिजन लिग खेल्दै


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर २, २०७८
  • 568
    SHARES

फाइल फोटो

काठमाडौं,२ मंसिर

नेपाली खेलकुदको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण भोलीबाट सुरु हुँदै छ ।

केही क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधि लक्ष्य बनाएका छन् भने केही टोली युवा खेलाडीको भरमा ए डिभिजन लिग खेल्दैछन् भने धेरै जसो क्लबको लक्ष्य उपाधि रहेको छ । सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण भोलीबाट सुरु हुँदै छ । दिनको पहिलो खेल भोली यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग खेल्दै लिगको सुरुआत गर्दा नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग पनि आरम्भ हुनेछन् । सहभागि सबै जसो क्लबले आफ्नो टोलीमा युवा टोलीको बाहुल्यता रहेको भन्दै युवा खेलाडीको जोशमा नयाँ सिजनको लिग खेल्ने बताएका हुन् ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने उद्घान खेल फ्लड लाइटमा हुँदै छ । लिग सुरु हुन पूर्व अखिल नेपाल फुटबल संघ एन्फाले लिग हुन पूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि सबै क्लबले राम्रो नतिजाका लागि खेल्ने बताएका छन् । सुरुआती दुई चरणका लागि जारी गरेको तालिका अनुसार उद्घाटन पछिका खेल पनि सबै दशरथ रंगशालामा आयोजना हुँदै छन् । दिनमा दुई खेल हुनेछन् । पहिलो खेल दिनको १ बजे हुनेछ भने दोस्रो खेल पौने पाँच बजे सुरु हुनेछ । दिनको दोस्रो खेल सबै फ्लड लाईटमा खेलाइने एन्फाले यस अघि नै जानकारी गराएको छ ।

१४ टोलीले सहभागिता जनाएको सहिद स्मारक ए डिभिजन लिगमा कुल ९१ खेल हुँदै छन् । लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन् । लिगको विजेताले ७५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० लाख रुपैयाँ र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ । यस्तै हरेक खेलको विजेताले ५० हजार पाउनेछ भने बराबरीमा खेल सकिए दुबै टोलीले २५÷२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)