बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय बक्सिङ प्रतियोगिता

सुवास र प्रदीप भिड्ने


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर २, २०७८
  • 803
    SHARES

काठमाडौं, २ मंसिर

त्रिभुवन आर्मी क्लबका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत पुरुष ५१ केजी स्पर्धाको फाइनलमा प्रवेश गरेका छन् ।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गर्दै अन्तिम भिडन्त पक्का गरेका हुन ।

पुरुष ५४ केजीमा आर्मीका प्रेम चौधरीले आर्मी ‘बी’ का सुदिप श्रेष्ठबाट वाकओभर पाउदै फाइनलमा प्रवेश गरे । फाइनलमा उनको भेट भीपीबीसीका उपास गुरुङसंग हुने छ । अर्को सेमिफाइनलमा उपासले स्विटका आङ पेम्बा शेर्पालाई हराएका थिए । पुरुष ५७ केजीमा एपीएफका पुरन राईले एचटुओका बुद्ध ग्याल्मो लामा तथा बक्समान्डुका सुरज महर्जनले कञ्चनपुरका रञ्जन भट्टलाई पाखा लगाउदै फाइनलमा स्थान बनाए । पुरुष ६० केजीमा बीएनकेबीका इन्द्रबहादुर सुनारले दाङका अनिल पुन मगर तथा कञ्चनपुरका महेन्द्र चन्दले बाँकेका नवीन घर्तीलाई पन्छ्याउदै फाइनलमा स्थान सुरक्षित गरे । पुरुष ६३ केजीमा आर्मीका दोलबहादुर चौधरीले थानकोटका मनीष श्रेष्ठ तथा एपीएफका सोनम सार्कीले कास्कीका सागर परियारलाई निराश पार्दै फाइनलमा पुगे ।

महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले आरडीएसकी रमिशा श्रेष्ठ र एचटुओकी अस्मिता दुवालले एपीएफकी सावित्री तामाङ, ५० केजीमा नक्सालकी डेनिका राईले कास्कीकी सोनिया बरुवाल र एपीएफकी माला राईले बक्समान्डुकी प्रतिक्षा अर्याल तथा ५२ केजीमा नक्सालकी शिला राईले आर्मी ‘बी’ की आरती तामाङ र आर्मीकी ललिता महर्जनले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै फाइनल यात्रा तय गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)