बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

खेलाडी एबी डी भिलियर्सले लिए क्रिकेट खेलबाट सन्यास


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर ३, २०७८
  • 510
    SHARES

३ मङ्सिर, काठमाडौं । दक्षिण अफ्रिकाका ब्याट्सम्यान एबी डी भिलियर्सले शुक्रबार सबै स्वरूपको क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका डी भिलियर्सको यो घोषणासँगै अब उनलाई कुनै पनि फ्रेन्चाइज लिगमा देख्न नपाइने भएको छ ।

“यो अविश्वसनीय यात्रा थियो । तर, मैले सबै स्वरूपको क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको छु,” डी भिलियर्सले शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “घरपछाडिको आँगनमा मेरो दाइसँग क्रिकेट खेल्न थालेको दिनदेखि मैले हरेक खेल विशुद्ध आनन्दका साथ खेलेको छु । असाधारण उत्साहका साथ खेलेको छु । अब ३७ वर्षको उमेरमा त्यही उत्साह र जोसका साथ खेल्न सकिँदैन ।”

इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बैंगलोरका ब्याट्सम्यान डी भिलियर्सले ट्विटरमा लेखेका छन्, “सबै टिमका सहयात्रीहरू, प्रशिक्षक, फिजियो र सबै कर्मचारी साथीहरूलाई धन्यवाद दिन चाहन्छु । र, दक्षिण अफ्रिका, भारतलगायत मैले खेलेका सबै टिमबाट पाएको साथ सहयोग र हौसलाप्रति म आभारी छु ।”

डी भिलियर्सले ११४ टेस्ट क्रिकेटमा आठ हजार ७६५ रन बनाएका छन् । उनले २२८ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नौ हजार ५७७ रन बनाएका छन् । त्यस्तै, डी भिलियर्सले ७८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ६७२ रन बनाएका छन् ।

डी भिलियर्सले २००४ डिसेम्बर १७ मा इंल्यान्डविरुद्धको खेलमा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए । उनले २०१८ मार्च ३० मा अष्ट्रेलियाविरुद्ध अन्तिम टेस्ट क्रिकेट खेलेका थिए । डी भिलियर्सले २००५ मा इंग्ल्यान्डविरुद्ध नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले २००६ मा अष्ट्रेलियाविरुद्धको खेलमा डेब्यु् गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)